लिमी लाप्चामा सञ्चारको पहुँच विस्तार हुन्छ :सञ्चारमन्त्री खरेल

फिल्को मिसन

कार्तिक ९,२०८२
काठमाडौं । हिमाली जिल्ला हुम्लाको लिमी लाप्चा क्षेत्रमा सञ्चार सेवा जोडन्े सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले बताएका भयो । हुम्लाको नाम्खा गाउँपालिका लगायतका प्रतिनिधिमण्डलल आइतबार सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेटगरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।


हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित पर्यटकीय क्षेत्र लिमी लाप्चा,न्यालु लगायतको क्षेत्रमा गुणस्तरीय, भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न जिल्लाबासीले माग गरेका थिए । उक्त संचार मन्त्रालयमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कात्तिक ४ गते लाप्चामा बसेको चौथो पूर्ण बैठकले गरेको निर्णय प्रतिलिपि र हुम्लाका स्थानीय नागरिक अगुवा सहितको माग पत्र बुझाउँदै मन्त्री खरेलले दुर्गम क्षेत्रका लागि सञ्चार सुविधा विस्तार गर्ने वचन दिएको बताए ।


मन्त्री खरेलले आफ्नो पहिलो प्राथमिकता हिमाली जिल्ला दुर्गम क्षेत्रहरुमा सञ्चार सुविधा पुर्याउने लक्ष्य रहेको र अब चाँडै सञ्चार सुविधा पुग्ने हुम्ला बासीलाई आश्वासन दिएको बताए ।
मन्त्री खरेलले कर्णालीका दुर्गम क्षेत्रमा चाँडो सञ्चार सुविधा पुर्याउने सकारको योजना रहेको बताउनु भयो । लिमी उपत्यका र लाप्चा आसपासका पर्यटकीय क्षेत्र भएको र सञ्चारको पहुँच चाँडो पुर्याइने पनि मन्त्री खरेलले बताए । लिमी लाप्चामा पर्यटकीय क्षेत्र भएको तर अहिले सम्म सञ्चार सुविधा नपुगेको र कैलाश मानसरोवर दूरदर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक सञ्चारविनै समस्या भोग्दै आएका छन् ।


सरकारले जति सक्दो चााँडो न्यालु र लाप्चा क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन महासंघले आग्रह समेत गरेको थियो । नेपालको लाप्चा क्षेत्रबाट कैलाश मानसरोवर देखिने र धार्मिक पर्यटकीय स्थल, जंगली जनावर, तालतलैया, झरना पनि प्रसस्त रहेकोले त्यसको प्रचार प्रसार गर्न पनि सञ्चारका पहुँच विस्तार गर्नु आवश्यक देखिएको बताए ।


महासंघको माग पत्र बुझाउन मन्त्रालयमा लिमीका स्थानीय कुन्जोक तामाङ, छिरिङ नैक्याप लामा कुन्जोक छिरिङ तामाङ, रामजन रावत, सूर्य रावत र नरेन्द्र रावत सहभागि भएको थिए ।
पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ । टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने उक्त ज्ञापन पत्रका उल्लेखीत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस