प्लाटिना हुम्ला पु¥याएकोमा सम्मानित

फिल्को मिसन

चैत२९,२०७१
बर्दिया । ग्लोबल अटोमोटिभ्स प्रालि, बर्दियाले डबलबहादुर महतारालाई सम्मान गरेको छ । सडक–सञ्जालको हिसाबले नेपालकै दुुर्गम र अति विकट मानिएको हुम्लामा पहिलोपटक सकुशल प्लाटिना बाइक पु¥याएर फर्किएपछि सम्मान गरेको हो ।
प्रालिले बर्दियाको सदरमुकाममा रहेको आफ्नै कार्यालय अर्थात सोरुममा शुक्रबार एक कार्यक्रमको आयोजना गरी महतारा र उनकी धर्मपत्नी सुनिता केसीलाई ग्लोबल अटोमोटिभ्स प्रालिका प्रवन्ध निर्देशक चन्द्रदीप जोशीले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बाइकको हेलमेट र मायाको चिनो पनि प्रदान गर्दै उनले नेपालकै विकट मानिएको हुम्लामा पहिलोचोटि १०० सिसीको प्लाटिना बाइक पु¥याएर सकुशल साहसिक यात्रा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
महताराले गत फागुन दोस्रो साता बजाज कम्पनीको प्लाटिना बाइक चलाएर हुम्ला पु¥याएका थिए । गुलरियाबाट नेपालगञ्ज, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा हुँदै बाइकमा हुम्ला पुगेका पत्रकार तथा लेखकसमेत रहेका अदानचुली –१, हुम्लाका महतारा हाल ताँजाकोटस्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा कार्यरत छन् ।
‘मानिसहरू प्लाटिना बाइक नेपालगन्जबाट सुर्खेतसम्म लैजान पनि डराउने गरेका रहेछन् ।’ महताराले भने, ‘सुर्खेतबाट नै ट्राफिक प्रहरी र सुरक्षा निकायमा कार्यरत साथीहरूले उकालोमा गाह्रो हुने भएकाले नलिन सल्लाह दिनुभएको थियो तर मैले जहाँसम्म चल्छ त्यहाँसम्म चलाएर लिन्छु भनेर आँट गरेर लिएँ ।’
सुर्खेतबाट बिहान दस बजे दैलेखको गुराँसे लेकहुँदै कालिकोटको जिते भएर जारकोट पुगेको बताउँदै उनले कर्णाली करिडोरको सबैभन्दा उकालो रहेको कालिकोटको थिर्पुबाट तोलिभिड हुँदै बाजुरा भएर हुम्ला पुगेको बताउँदै भने, ‘जाँदाखेरि म एक्लै थिएँ भने आउँदाखेरि ताँजाकोटस्थित जनप्रकाश माविमा कार्यरत शिक्षक मित्र जनक शाही पनि हुनुहुन्थ्यो । एउटै बाइकमा दुई जना आयौँ । यात्रा राम्रो भयो ।’
उनले बाटो पिच भएको खण्डमा रुपैढियादेखि प्लाटिना बाइकमा सजिलै मानसरोवरसम्मको यात्रा गर्न सकिने अनुभव सुनाए । पहिलोचोटि दैलेख, कालिकोट, बाजुरा हुँदै प्लाटिना बाइक चलाएर हुम्ला पु¥याएकोमा अत्यन्तै खुसीको महसुस भएको ग्लोबल अटोमोटिभ्स प्रालिका प्रवन्ध निर्देशक चन्द्रदीप जोशीको भनाइ थियो । उनले भने, ‘महतारा सरको यो साहसिक कार्यलाई उच्च सम्मान गर्दै यो सानो कार्यक्रमको आयोजना गरेका हौँ ।’
‘हुम्लामा बाइक पुगेपछि तराइमा चल्ने बाइक पहाडी तथा हिमाली क्षेत्रमा प्लाटिन बाइक चल्दैन भन्ने भ्रम हटेको छ ।’ उनले थपे, ‘यसबाट बजाजको प्लाटिना बाइकको माइलेज त बढी नै थियो, पिकअक पावर पनि त्यत्तिकै बलियो रहेको कुरा प्रमाणित भएको छ ।’
प्रालिका म्यानेजर रमेश भट्टका अनुसार महतारा दम्पतिले गत असोज १७ गते घटस्थापनाको दिन उक्त मोटरसाइकल ग्लोबल अटोमोटिभ्स प्रालिबाट बाइक खरिद गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस