प्रेस सेन्टर हुम्लाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा विक

उपेश भण्डारी

पुस २०, २०८१ शनिबार
हुम्ला । प्रेस सेन्टर हुम्लाको अध्यक्षमा तिलसरा विके निर्वाचित भएकी छन ।
शनिबार सम्पन्न भएको पाँचौं अधिवेशनले विकको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्ष (खुला) भक्तराज ऐडी, उपाध्यक्ष महिला सिर्जना बिक, सचिब अबिनास लामा, सह–सचिव (खुला) दिनेश रावत, सह–सचिव समावेशी कामिलाल ऐडी र कोषाध्यक्ष जय भण्डारी निर्वाचित भएका छन ।


त्यस्तै समितिको सदस्यहरूमा दीप बहादुर.बिक, रुप बहादुर ऐडी, अरमित बोहरा, प्रकाशा शाही,धनजित भण्डारी र यज्ञ बहादुर शाही, निर्वाचित भएका छन ।अधिवेशनले २ जनालाई केन्द्रीय तथा ३ जनालाई प्रदेश प्रतिनिधि निर्वाचित गरेको छ ।
अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिव धर्मराज बोहरा विज्ञानले संचारक्रमी चौथौं राज्यको अंग भएकोले अब नव निर्वाचित कमिटीले गम्भीरताका आप्mनो पेशा लाई अगाडी बढाउनु पर्ने बताए ।


हुम्लाको विकास निमार्णमा गर्न पत्रकारको भुमिका महत्वपूर्ण भएकाले हुँदा सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव अर्जुन बोहराले हुम्लाको साझा मुद्धा भनेको विकास संगै संचारक्रमीले आफ्नो संचार माध्यमबाट मर्यादित र व्यावसायिक पत्रकारिता लाग्नु पर्ने बताउनु भयो ।


यस्तै नेपाल पत्रकार महासंघ हुम्लाका जिल्ला सचिव नन्द सिंहले पत्रकारको हित र व्यावसायिक पत्रकारितामा लाग्न आग्र गर्नु भयो । यस्तै नेपाल पत्रकार महासंघ हुम्लाका पूर्व अध्यक्ष कर्ण बहादुर रोकायाले र श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको हित लागि काम गर्नुपर्ने बताउनुभयो । यस्तै रेडियो कैलाशका निर्देशक तथा सामुदायिक प्रसारण संघ हुम्लाका अध्यक्ष जनक शाहीले सबै पत्रकारका मुद्दा र सवाल एउटै भएकाले संगै मिलेर अघि बढ्नुपर्ने जोड दिनु भयो ।
तिलसरा विककोे अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर हुम्लाका पूर्व अध्यक्ष नरजङ तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दिनेश रावतले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस