बुवाको मुख हेर्ने दिन :सामाजिक संजालमा रंग्याउनु भन्दा भगवान स्वरुप पुजा गर्नु ठुलो

राजेन्द्र परियार

हिन्दुधर्मका आस्था राख्नेहरुले हरेक वर्ष भदौ महिनामा पर्ने कुशे औँसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर मनाउने चलन रहेको छ ।
नेपाली समाजमा कुशलाई पुजापाठ संगै बुवा लाई श्रद्धा समान गरेर भगवानरुवरुप पुजा गरिन्छ । वृन्दाले भगवान् विष्णुलाई श्राप दिएपछि श्रापमुक्त हुन विष्णुले ४ रुप धारण गरेका थिए । तुलसी, कुश, शालिग्राम र पीपल यही कुशे औँसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर मनाउन थालिएको इतिहास छ ।
परम्परागत पृतुसत्तात्मक सामजमा जन्मजात बुवा संगको सम्बन्ध मृत्युपर्यन्त मान्ने संस्कार चलिरहेको छ । बुवाको मुख हेर्ने दिन धुमधामसँग यो दिन सबैको लागि विशेष पर्वको रुपमा छ ।
सम्भवत मानव जगतको उत्पति र विकास सँगसँगै मानिस आधुनिक युगमा प्रवेश गरे । ढुङगे युगमा हुदैगर्दा मानवमा संवेग , आवेग , माया , दया, क्रोध , रिस , डाहा आदि भयपनि अहिले आधुनिक जगतका मानिसमा जस्तै एक भन्दा अर्काे जित्नैपर्ने , एकले अर्काेलाई होच्याउनै पर्ने र एक अर्कामा अस्वस्थ प्रतिस्पर्धाकै दउरानमा सारा घर , परिवार , बुवा आमा , आफन्त , ईष्टमित्र सबै भुलेर केवल आफु र आफ्नो करियर वा आफ्नो प्रतिस्पर्धाका काँडारुपी खुट्किलाहरु मात्र देख्ने परम्परा त्यसताका थिएन । त्यतिबेलाका मानिसहरु एकअर्कामा मेलमिलापको भावनाले हेर्दै सानोतिनो , मिठोमसिनो जस्तोसुकै भएपनि बाँडिचुँडी खाने , सँगै मिलेर सिकार गर्ने , लगायतका सहमतिय क्रियाकलापमा ब्याप्त थिए ।
हाल मानिस आधुनिक युगमा प्रवेश गरेसँगै विस्तारै बिस्तारै जनसंख्याको वृद्धि , मानवमा पलाउदै गएको ईच्छा , आकांक्षा र बढ्दै गएका आवाश्यकताका चाङले गर्दा पनि होला विश्व यति अगाडि लम्किसक्यो कि यहाँ त कोहि भन्दा कोहि कम हुनै चाहाँदैनन् र कसैले कसैलाई मान्छे पनि नगन्ने स्थितिमा विश्व प्रवेश गरिरहेको छ । यतिसम्म कि मानिस खाना खान सम्म पनि नभ्याउने गरेका कैयौं उदाहरण विश्व बजार सँगसँगै नेपालमा पनि प्रायःजसो स्थान , परिस्थितिमा देखिदै आयको छ । सबैलाई सबैभन्दा कसरी धनी बन्ने र कसरी उत्कृष्ट बन्ने होडबाजी चलिरहेको छ । मानिसले विश्वमै धनी बन्ने तिव्र लाृेभलालसामा यतिसम्म गडिसकेको छ भने मानिसहरु आफैले आफ्नो ख्याल, आफ्नो अमुल्य जीवनको समेत प्रवाह नगरेर अहोरात्र खटिने गरेका छन ।
ठाउँ, परिस्थिति , समय र मानिसका ईच्छा , चाहाना , आवाश्यकता अनुसार फरक फरक किसिमका कर्म गरेर आफुभित्र ठुलो रोगको रुपमा रहेको लोभको भाँडोेलाई भरि गर्नका लागि खटिदै आएका देख्न सकिन्छ । खासगरी नेपाल जस्ता गरिब मुलुकहरुका धेरै जसो मानिसहरु धनकै लालशामा आफ्नो जननी नेपाल आमा, घरपरिवार , बुवाआमा , अन्य सबै छोडेर बिदेशका गल्ली गल्लीमा पुगेका छन ।
धन कमायका पनि छन र पनि मानिसलाई पुगेको छैन । धेरैजसो विदेश जाने नागरिकहरुका देशको राजधानी काठमाडौंमा अझै धनी भय विदेशका ठुला सर्वशक्तिमान ठाउँहरुमा सपनाका ठुला ठुला महलहरु ठडियका पनि होलान ।

तर बिडम्वना , बाध्यता भनौँ वा ईच्छा वा तिव्र महत्वकांक्षाका कारण आम विशेषगरी युवायूवतिहरुको विदेश पलायनले गर्दा गाउमा बुढा भयर आफ्नो ज्यानलाई समेत धान्न नसक्ने भयका ती चाउरी परेका गाला , भित्र गडेका आँखा , मुखमा एउटा पनि दाँत नभयका व्यसाहारा बुवाआमाका लागि पानी सम्म दिने मानिस हुदैनन ।
बुढेसकालको साहारा भन्दै मेला पाखा पखेरा धाउँदै , उकाली आराली सुसेली हाल्दै लेक र बेसि गर्दै गर्दा आफ्ना शत्रु तथा मित्र सबैलाई धाक लगाउँदै आफ्ना पाउमा जतिसुकै चोटपटक लागेपनि , जतिसुकै काँडा बिझेपनि त्यसको प्रवाह नगरी सन्तान जन्माउने , हुर्काउने , पढाउने , बढाउने क्रममा कति दुख कष्ट गरेका होला त्यो त हामी अहिलेका पुस्ताले सायद कल्पना पनि गर्न सक्दैनौं होला । तर बुढेसकालको साहारा भन्दै आफ्नो सारा जवानी , जिन्दगी तिनै सन्तानका लागि व्यतित गरेका ती व्यसाहारा बुवाको लागि असल सारथि कोहि बन्न सकेका छैनौं , सन्तानकै लागि भन्दै जिउ पिसियका बुवालाई कतै दुखेको हामिले देख्दैनौं उल्टो बुढो कति कराउन सक्या होला भन्दै क्रोध व्यक्त गर्छाैँ ।

कहिले कतै खोकि लागेर खोक्दैगर्दा बुढोले सुत्नै दियन भन्दै रिस व्यक्त गर्छाैं , कहिलेकसो बिराम लागेको बेला अस्पतालको शैयासम्म पुगाईदिने हामिसँग समय हुदैन, यतिमात्र हैन गाउँका साना घाम पानी हावा हुरी ले समेत उडाउने खालका थोत्रा झुपडीमा मृत्युशैयामा त्यहि सन्तानको मुख हेरेर मर्ने ईच्छा हुदा समेत सन्तान नजिक भइदिदैनन । कतिपयले त विदेशमा भयको बाध्यताका कारण वा अन्य यावद कारणहरु होलान त नेपालमा मात्र नभयर विदेशका ठुला शहरहरुमा महल ठड्यायका कतिपयका बुवा वृद्दाश्रमको बास भयका समेत कैयौं उदाहरणहरु हामी सबैका अगाडि छर्लङ्ग छन ।


कोहि पहिलेका करोडपति सन्तानकै कारण रोडमा मानसिक सन्तुलन गुमायर भौँतारिरहेका छन भने कोहि आफ्नो अमुल्य उपहारको स्वरुप अमुल्य प्राण त्याग्न समेत बाध्य भएका छन ।
थुप्रै छोराहरुले आफनो फेसबुक स्टाटस, रङ्गिन तस्विरहरु राखेर सामाजिक संजालमा प्रकाशित गरेका छन । तर कसैका छोराहरुले बुवा र आमा लाई बुढेस कालमा अल्गै राख्ने र बृद्धाश्रमा राख्ने गरेको पाईएको छ । स्वर्गबास भएका बुवाको स्मरण गर्दै कसैले तस्विर पोष्ट्याएका छन ।
कसैले तस्विर विनाको स्टाटस त कसैले आमाको तस्विर राख्दै बुवाविना आमा नै मेरा लागि बुवा अनि आमा हुन भन्दै शुभकामना र सम्झेका छन । आज बुवाप्रतिको माया, रिस, कठोरता अनि अभाव सामाजिक सञ्जालमै सम्झेका छन ।
यसरी हेर्दा के देखिन्छ भने प्रत्येक महाना बुवाहरुले आफ्नो सन्तानकै लागि जन्म देखि मृत्युपर्यन्त सारा थोक, पसिना बगायर जति आर्जन गर्नुभयो , जति सन्तानको लागि समय व्यतित गर्नुभयो त्यो सन्तानले कहिल्यै बुझेनौँ ।
भरखर सन्तान जन्माउन देखि लियर हाल जुसुकै अबस्थामा पनि पुर्याउन जति योगदान गर्नुभयो त्यसको कुनै मुल्यमा ऋण तिर्न सकेनौं । हाम्रा अविभावक , कुशल साथि , अफ्ट्यारोमा सारथि जस्ता विविध विषयमा हामीलाई मेरुदण्डको रुपमा कार्यगर्ने हाम्रा भगवानरुपि खम्बाहरुलाइ हामिले केही दिन सकेका छैनौं न त साथ न माया न स्नेह , नत कुनै सहयोग नै । दियौँ त केवल फेसबुकका भित्ता रङ्गिने गरि बुवालाई शुभकामना मात्रै , जति माया गर्याैँ फेसबुकमै गर्छाैं , जे जति बुवालाइ आवश्यक छ त्यो हामि शुभकामनाबाट मात्रै दिन खोज्छौँ ।

त्यसैले अबका आम युवा अझै विशेषतः सन्तानहरुले आफ्ना जन्म दिने पितालाइ भगवानस्वरुप पुजा गरौँ , उहाँहरुका जिन्दगीभर सन्तानकै लागि भन्दै खियका पाउहरु , मैलियका लुगाफाटोहरु , पसिनाले भिजेका र मैलका घेरो लागेका टोपिहरु , गलेका ती जिउ र पाउहरु सबैको हेरचाह र स्याहारसुसारमा अलिकति भयपनि ध्यान दिउँ ।

उहाँको सारथि बन्ने कोसिस गरौँ , कुशल साथि बन्ने व्यवहार गरौँ , बुढेसकालको साच्चिकै असल साहारा बनेर उहाँहरुले सन्तान जन्माउँदादेखि बुन्दै आयको सपनालाई साकार पार्न हर प्रयास गरौँ , नकि फेसबुकबाट मात्र माया को नाटक नगरौँ । शुभकामना दिउँ तर मन , वचन , व्यवहार र कर्मले नकि बाहिरी आवरणमा मात्र होईन । शुभकामना बुवा ।

भाद्रा २८,२०८०

प्रतिक्रिया दिनुहोस