विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

फिल्को मिसन

साउन१६,२०८०
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा रहेको बालमिन्दर र मानसरवर माविका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गएको एक हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको बालमन्दिर विद्यालयका शिक्षिका हिरो रोकायाले बाताईन् ।
उनका अनुसार विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको बताए ।
उनले भने, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ।’
विद्यार्थीहरूमा यस्तो समस्या देखा परेपछि केही समयमै आफैं ठिक भए पनि हाल भने दुई हप्तासम्म पनि निको नहुँदा समस्या भएको विद्यालयले जनाएको छ। विद्यार्थीहरू बिहानको समयमा लाइनमा लागेका वेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका छन्।

छात्राहरूमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्नुको कारण पत्ता लाग्न नसकेको र समस्या समाधानका लागि अहिले जिल्ला अस्पातलका स्वास्थ्र्य कर्मि लागि परेको बताए ।
  विद्यालयका विद्यार्थीहरु लाई मनोपरामर्श
सिमकोट गाउँपालिकामा रहेका विद्यालयहरुमा विद्यार्थी लाई स्वास्थ्यकर्मीद्वारा मनोपरामर्श सेवा दिइएको छ । नसोच्न परामर्श दिइएको जिल्ला अस्पाताकि बरिष्ठ अनमि सरिता बोहराले बताई् ।स्वास्थ्य सेवा कार्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मनोपरामर्श सेवा प्रदान गरिएको छ ।
एक हप्तायता सिमकोट गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस भएर बिरामी हुने भएपछि कार्यालयले सोमवार उक्त सेवा प्रदान गरेको हो।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले पहिलो दिन बालमन्दिर माविका विद्यार्थीलाई मनोपरामर्श सेवा प्रदान गरेको जानकारी दिइन्। विद्यार्थी विशेष गरी छात्राहरू कक्षामा बेहोस हुन थालेपछि चिकित्सकको समन्वयमा परामर्श दिइएको हो।
वरिष्ठ अनमी बोहराले सोमबार ८० जना छात्रालाई डेढ घण्टासम्म परामर्श दिएकी थिइन्। उक्त परामर्शबाट बेहोस हुने छात्राको बिरामीमा कमी आउने विश्वास गरिएको छ।। मास कन्भर्जन डिसअडरका कारण विद्यार्थी बेहोस भएको हुन सक्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस