दुर्गममा गाउँमा टेलिकमको फोरजी सेवा सुरु

असार ३,२०७९
सिमकोट । हुम्लाको दुर्गम गाउँमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएपछि स्थानीयवासी खुसी भएका छन् ।
सिमकोट गाउँपालिका –७को ओर्खनगाउँ नजिकै पातिहाल्न डाँडामा निर्माण गरिएको फोरजी टावरबाट सिमकोट र नाम्खाका दुर्गम मानिने पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा संचालनमा आएको छ ।
नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट ‘फोर जी’ सेवा संचालनमा ल्याएपछि स्थानीयवासीको इन्टरनेट प्रयोग गर्ने चाहना पूरा भएको हो ।
नेपाल टेलिकमले देशैभर फोर जी सेवा पुर्याउने लक्ष्य लिएपछि उतरी हुम्ला लाई सिमकोट र नाम्खा गाउँपालिकामा पनि उक्त सेवा संचालनमा आएको हो ।
हुम्लाको उतरी गाउँमा पनि यही असार ३ गते बाट फोर जी÷एलटीई सेवा सुरु गरेको नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ ।
नेपाल टेलिकमले फोर जि सेवा संचालनमा ल्याएपछि उपभोक्ताहरुलाई उच्च गतिको इन्टरनेट सेवा चलाउन सजिलो भएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले बताएका छन् ।
फोर जी सेवाजडान पछि सिमकोट र नाम्खा गाउँपालिका सेवाग्राहीहरुलाइ विशेषगरी दुर्गम क्षेत्रमा मोबाइल नेटवर्क मार्फत डाउनलोड, अपलोड र ननस्टप भिडियो कल गर्न सहज भएको छ ।
हुम्लाको उतरी क्षेत्रमा फोर जि सेवा सुरु भएपनि जिल्लाका अन्य दुर्गम गाउँहरुमा भने अहिले पनि स्थानीयहरुलाई कुनै आफन्तलाई फोन गर्नका लागि घन्टौ हिँडेर फोन गर्नुपर्ने बाध्यता अब देखि हटेको छ । लामो समयदेखि सिमकोट गाउँपालिका डाँडाफया, धारापोरी, स्यांडा, खोल्सी र नाम्खा गाउँपालिकाका हेप्का, गाडापारी, खगांलगाउँ, धिगा लगायतका गाउँका स्थानीय बासिन्दा लाई जिल्ला बाहिर रहेका आफन्तहरु संग संञ्चार पहुँच जोडिन पाएका छन ।