पहिरोले घरभत्किदाँ हुम्लामा एकै घरका ६ जनाको मृत्यु
३ कार्तिक २०७८ बुधबार
हुम्ला । लगातारको वर्षाकारण माथिबाट आएको पहिरो हुम्लाको खार्पुनाथा गाउँपालिका ५को खर्पेलगाउँमा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुग्नु भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार माथिबाट आएको पहिरोले घर भत्कीदाँ एकै घरका ६ जनाको मृत्यकको लाश भेटियो बताउनु भयो ।
खर्पेलगाउँ स्थिते धनबिरे शाहीको घरमा मंगलबार राति माथीबाट खसेको पहिरोले घर पुरीदाa धनबिरे सँगै कलबहादुर शाही, आशा शाही,१४बर्षिय अलेन्द्र शाही, १४ बर्षको छोरा हुमेश शाही, ५ बर्षको छोरा जस बहादुर शाही र नाम नखुलेको ३ वर्षीय छोराको समेत मृत्यु भएको छ । पुहिरोले पुरिएको अबस्थामा सुरक्षा कर्मि र स्थानीय गाउँको सहयोगामा मृत्युक लाश भेटिएको डिएसपी शर्माले बताए ।
रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा अहिले संयुक्त सुरक्षा टोलीद्धारा उद्धार गर्दा ६जना मृतृ अबस्थामा हो। घर पुरिदा घरसंगै पुरीएका ६ जना मृत अबस्थामा फेला परेकोे र पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको डिएसपी शर्माले बनाउनु भयो ।
अविरल वर्षाले हुम्ला जिल्लाभरि ठूलो क्षति पुर्याएको छ। क्षतिको यकिन विवरण नआए पनि किसानले खेतबारीमा पाकेर घर भित्र्याउन थालेको अन्नपात बगाउँदा ठूलो क्षति व्यहोर्नुपरेको छ। खेतबारीको कोदो, चिनो, धान, लठ्ठे, मकैलगायत बगाएको अदानचुली गाउँपालिका– ५ का स्थानीय जय बहादुर शाहीले बताए। उनका अनुसार यहाँ चारवटा घर भत्किएको छ। यस्तै सर्केगाड गाउँपालिका– २ रिपमा एक घर भत्किएको छ भने लाखौँको अन्न बालीमा क्षति भएको छ।