हुम्लामा भालुको आक्रमणबाट महिला घाइते
२०७८ भाद्र,२७ आइतबार
हुम्ला । खेतमा काम गरिरहेकी महिला भालुको आक्रमणबाट घाइते भएकी छन्। खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्यायलाई कोदो लगाएको खेतमा भालुले आक्रमण गर्दा घाइते भएकी हुन्।
घर नजिकै रहेको वनमा घाँस काट्न गएको समयमा ३६ बर्षीय महिलालाई आइतबार अपरान्ह साढे १ बजेको समयमा भालुले आक्रमण गरेर घाइते बनाएको हो । भालुको आक्रमणबाट उपाध्यायको टाउँको र हातमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिईन् भालुको आक्रमण बाट घाइते भएका महिलाको गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसेकेपछि थप उपचारका लागि जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो । घाइते महिलाको टाउँमा टाका लगाइएको छ ।घाइते महिलाको टाउको र पिडुलामा रक्ताम्बे हुने गरी भालुले आक्रमण गरेको छ।