चार प्रदेशमा मेघगर्जन सहित भारी वर्षा

फिल्को मिसन

२०७८भाद्र ,११ शुक्रबार
सुर्खेत । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।चार प्रदेशमा मेघगर्जन सहित भारी वर्षा सम्भावान रहेको छ । मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ ।
अहिले प्रदेश १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी,कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी साथै धेरै भारी हुने सम्भावना छ ।बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस पटक धेरै भारी वर्ष भइरहेको हुनाले बाढी र पहिरोको जोखिम बढेको छ । लगातार वर्षाका कारण तराईका जिल्लाहरुमा डुबानको समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस