अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह
२०७८ श्रावण ३२ गते सोमबार
काठमाण्डौं । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेबसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक सूचना निकाल्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता सुरु गरेको छ । दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट मा विवरण दर्ता गराउन सक्नेछन् । उद्धारका लागि+९७७–९७७४९३२६४५८(कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९(परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले सम्बन्धित मुलुक र निकायमा पत्राचार पनि गरेको छ ।