हाइटीमा गएको भूकम्पमा ३ सयभन्दा बढीको मृत्यु

२०७८श्रावण,३१ आइतबार
एजेन्सी । हाइटीमा गएको भुकम्पमा परी ३ सयभन्दा बढीको मृत्यु भएको छ । हाइटीको दक्षिणपूर्वी क्षेत्रमा हिजो ७ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा ३ सय ४ जनाको मृत्यु भएको हो । भुकम्पमा परी १ हजार ८ सयभन्दा बढी घाइते भएका छन् भने २९ जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाबारे जानकारी दिँदै सुरक्षा विभागका जेरी चाड्लरले भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । उहाँले घाइते सबैजनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु रहेको छ ।