खार्पुनाथ पसलहरुमा अबैध चाईनिज मदिरा नष्ट
२०७८ श्रावण ३०गते शनिबार
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका ५कोे याङचु बजारका होटल तथा पसलहरुमा सुरक्षाकर्मीको सयुक्त प्रहरी टोलीले अबैध चिनिया रक्सी (झिनी) भेटाएको छ ।
अबैध चाईनिज मदिरा (रक्सी) बिक्री बितरण भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी चेकजाँच गर्दा झिनीगिन्टी २सय १० बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले जानकारी दिए । खुलेआमरुम अबैध चिनिया रक्सि बिक्री बितरण भइरेकोल थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षेक शर्माले बताउनुभयो ।
उत्तरी चिनको सिमा बन्द भएकै वेलामा एकासी गाउँ गाउँमा चिनीया मधिरा ओसारपोसार भइरहेको आफनो नाम नखुलाउने शर्तमा खार्पुनाथ गाउँपालिका निवासीले बताए । चिनबाट भित्रने अवैध मदिरा सुरक्षा कढाई गरिएता पनि सुरक्षाको आखाँ छलेर व्यापारीहरुले चोर नाकाबाट ल्याउने खुलासा गरेका छन ।चिनिया रक्सी सदरमुकाम सिमकोट भित्र नसकेको तर सिमकोट भन्दा बाहिराको गाउँगाउँमा चिनीया मधिरा बिक्री बितरण भईरहेको छ । बरामद गरएको रक्सिको २ सय १० बोतलको प्रतिबोतल ८सयका दरले जम्म १लाख ६८हजार नष्ट गरेको छ ।