अदनचुली गाउँपालिकाले २२ औ अन्तर्राष्ट्रिय युवा दिवस मनाए

मोहनसिंह बुढा

२०७८ श्रावण,२८ बिहीबार
अदचुली । आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएका छन । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाएको हो । हुम्लाको अदनचुली गाउँपालिकामा विहीबार विविध कार्यक्रम गरी मनाएको छ। यसै गरी गाउपालीकाका वडा नम्बर ४,५ र ६ मा संचालीत ग्रामिण जनउत्थान बिकास कार्याक्रम आरपियुडिपी हुम्लाले पनि आज २२ औ अन्तर्राष्ट्रिय युवा दिवश मनाएको छ ।
स्थानीय खस भाषामा लोप हुदै गएको नृत्य र कोभीड १९ मा युवाहरुको भुमीका भन्ने शिर्षकामा बक्तृत्वकला प्रतियोगिता कार्याक्रम आयोजना गरेको छ । उक्त नृत्य विधामा धाचा नेपाली प्रथम,कल्पना टमटा द्धृतिय,भुवन सिंह तृतिय र लोगजन शाही सन्तवना स्थानमा आएका छन । यस्तै गरि बक्तृत्व कला विद्यामा रुपजन शाही प्रथम,बालचन्द्र सिंह द्धृतिय,जिवन शाही तृतिय र मान बहादुर टमटा सान्त्वना भएका छन ।
सस्थाका लेखापाल सन्देश ऐडीको अध्यक्षतामा सम्पुर्ण कर्मचारी,उक्त संस्थाले गठन गरेका सबै युवा क्लवका सदस्य र गाउाका दलित महिला जनजाती,बृद्धबृद्धाहरु सहित ६१ जनाको उपस्थितीमा अदानचुली ५को लौठी स्वास्थ्य चौकीमा आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस