कुलमान घिसिङलाई विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा नियुक्त हुँदै

फिल्को मिसन

२०७८ श्रावण,२७ बुधबार
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ ।
प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको स्रोतको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ । कार्यकारी निर्देशकले पाउने सेवा सुविधान नै दिने गरी शाक्यलाई सरुवा गरिएको बताइएको छ ।
घिसिङलाई बुधबार नियुक्तिपत्र दिई पदभार गराउने कार्यक्रम तय भएको विद्युत प्राधिकरण स्रोतले बताएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस