एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक हुँदै

२०७८ साउन २२ शुक्रबार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल यहि हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार अब प्राविधिक सम्पादन मात्रै बाँकी रहेको छ । गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि २०७८ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।