हात खुटा भाँचिएका वा जोर्न टुटेका उपाचार बैद्य बाट
२०७८ जेठ, २० विहीबार
हुम्ला । हात खुटा बाँचिएका वा मडकियाका विरामी मानिस लाई अस्पातलका डाक्डर कहाँ चेक गराउनु भन्दा शुरुमा बैद्य, धामिझाक्री र लामा लाई खोज्ने अझै पुरानो चलन हाम्रा गाउँघरति ताजै छ ।
हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं ४निवासी ७५ बर्षिय दोर्जीम्जामु लामाले हात खुटा भाँचिएका वा मड्कायाका पशु देखि मानिसको समेत उपाचार गर्दे आएको आफनो अनुभव सुनाउनु हुन्छ । हिमाली भेकमा पाइने जटीबुटी बनेको औषधी सहित आफुले उपचार गर्दै आएको बताएका छन । आफनो छोरा जित बहादुर लामा काम गर्दागर्दै खुट्टा मड्केको भागमा निको भएको े बताए ।
बुबाले नजिकको जंगलबाट सल्ली झुलो, पाथे झुलो नामक जटीबुटीको सहयातले दुखेको भागमा वातो हालेर सन्चो भएको विरामी जित बहादुर लामाले बताउनु हुन्छ ।
हुम्लामा मात्र नभई प्राचिन युगमा जतिबेला डाक्टर थिएनन, अस्पताल हुने कुरै भएन । अझै पनि हाम्रा गाउँघरमा कुनै विरामी भयो भने अस्पातल खोज्नु भन्दा बैद्य,धार्मिझाक्री काहाँ धाउने गरेका छन ।
हात खुटा बाँचेको वा चोट लागेका विरामी मानिस लाई अस्पातलका डाक्डर कहाँ चेक गराउनु भन्दा शुरुमा बैद्य, धामिझाक्री र लामा लाई खोज्ने अझै पुरानो चलन हाम्रा गाउँघरति ताजै छ ।