स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई पत्र

फिल्को मिसन

२०७७ चैत, १८ बुधबार
काठमाण्डौं । अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ ।
२०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारीउपर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
सार्वजनिक लेखा समितिको ३ पुसमा बसेको बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैतमा ओम्नी बिजनेस कर्पोरेसनसँग गरेको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको थियो । सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस