कर्मचारी मिलन केन्द्र हुम्लाको अध्यक्ष सविता शाही निर्विरोध निर्वाचित
चैत १२,२०७८
हुम्ला । राष्ट्रिय बाँणिज्य बैंङ्क प्रवन्धक सविता शाहीको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र जिल्ला कार्य समिति चयन गरिएको छ । कर्मचारी मिलन केन्द्रको उपाध्यक्षमा कारागार कार्यालय प्रमुख डवले रावर्त रहेका छन भने सचिवमा जिल्ला मालपोत कार्यालय प्रमुख रविन्द्र शाही,सहचविमा साल्ट ट्रेनिङ कर्पोरेसनका प्रमुख राजबहादुर लामा रहेका भने कोषध्यक्षमा कर्णाली प्रदेशका कोष तथा लेखा नियन्त्रण कार्यालयका रामदत्त चुनिएका छन ।
त्यस्तै सदस्यहरुमावन डिभिजन कार्यालय प्रमुख रेनुका न्यौपाने, जिल्ला स्वास्थ्य सेवा कार्यालय वरिष्ठ अनमी सरिता बोहरा, सिमकोट गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, तेजेन्द्र बहादुर शाही र विषन रोकाया रहेका
त्यसै गरी सोही साधरण सभाले ५ सदसिय सल्लाहकार समिति चयन गरेको छ । जसमा जिल्ला समन्वय अधिकारी भिमबहादुर रोकाया, ब्राहदल गुल्मका गुल्मपति गणेश खण्डका, नेपाल प्रहरी प्रमुख र नाम्खा गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने लगाएतका रहेका छन् ।