नेकपा हुम्लाको सचिवालय बैठक मंसिर ९ गते बस्दै

फिल्को मिसन

राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना निर्माण गरिने

कार्तिक ३०,२०८३ सोमबार
हुम्ला। नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति हुम्लाको सचिवालय बैठक यही मंसिर ९ गते सिमकोटमा बस्ने भएको छ।
राष्ट्रिय जागरण अभियानको कार्ययोजना निर्माण गरी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गर्न लागिएको हो। बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला सचिवालयका सम्पूर्ण सदस्यहरूको सहभागिता अनिवार्य रहेको जिल्ला इन्चार्ज हस्त बहादुर शाहीले फिल्को मिशन डटकम लाई जानकारी दिएका छन् ।
बैठक बिहान ११ बजे सिमकोटमा आयोजना हुने तय गरिएको छ । पार्टी जिल्ला समितिले बैठकमा उपस्थितिका लागि सम्बन्धित सम्पूर्ण नेता तथा सचिवालय सदस्यहरूलाई हार्दिक अनुरोध गगरेको इन्चार्ज शाहीले बताए ।
राष्ट्रिय जागरण अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन बैठकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस