हुम्लामा महिलाको नेतृत्व विकासमा जोड, निर्वाचनमा सहभागिता बढ्ने विश्वास

फिल्को मिसन

२०८३ साउन ११, सोमबार
हुम्ला । ‘हाम्रो साहस’ कार्यक्रमअन्तर्गत महिलाको राजनीतिक सहभागिता र नेतृत्व विषयक संवाद कार्यक्रम सोमबार हुम्लाको बरगाउँमा सम्पन्न भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँगको सहकार्य तथा ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

बरगाउँ महिला समूहकी संयोजक पेमाहोसाल लामाको अध्यक्षता तथा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला समूह र युवा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा महिलाको राजनीतिक अवस्था, नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता, संवैधानिक अधिकारको कार्यान्वयन, अवसर र चुनौतीबारे छलफल गरिएको थियो। सहभागीहरूले महिलाका अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्य, राजनीतिक दल र समुदायबीच साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रमुख अतिथि उपाध्यक्ष रोकायाले महिलाको राजनीतिक सशक्तीकरणका लागि क्षमता विकास, नेतृत्व अभिवृद्धि र समान अवसर अपरिहार्य रहेको बताउँदै यस्ता संवादले आगामी निर्वाचनमा महिलाको सहभागिता र नेतृत्व अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस