प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८४ उम्मेदवार दर्ता
माघ ६, २०८२, मंगलबार
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ताका लागि मंगलबार तोकिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २ हजार २९७ जना तथा १ हजार १८७ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
फागुन २१ गते १६५ सिटका लागि निर्वाचन हुँदैछ। उम्मेदवारले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो।