फागुन २१ निर्वाचनः हुम्लामा ८ जनाको मनोनयन दर्ता

फिल्को मिसन

 

माघ ६, २०८२ मंगलबार
हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हुम्लामा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक महिला सहित ८ जनाले मनोनयन दर्ता गराएका हुन्।

हुम्ला प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का तर्फबाट पूर्व गाउँपालिका अध्यक्ष तथा केन्द्रीय सदस्य दल फडेरा, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जयपति रोकाया, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्व कर्णाली विकास आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले मनोनयन दर्ता गरेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टसी ल्हान्जोम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की, नेकपा (माओवादी केन्द्र) बाट कुम्भ बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा र मितेरी पार्टी नेपालबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बराले जानकारी दिए।

एक निर्वाचन क्षेत्र रहेको हुम्लामा ६० मतदान स्थल र ६४ मतदान केन्द्र रहने छन्। जिल्लामा कुल ३४,३७२ मतदाता रहेकोमा १८,०२१ पुरुष र १६,३५१ महिला मतदाता रहेका छन्। अघिल्लो निर्वाचनको तुलनामा यसपटक १,१९४ मतदाता संख्या बढेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस