प्रतिनिधिसभा निर्वाचनः नरेश भण्डारी जुम्लाबाट सर्वसम्मत उम्मेदवार
माघ ३, २०८२
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (जुम्ला) ले नरेश भण्डारीलाई एकल तथा सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीभित्रको विस्तृत छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालको निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए। कर्णाली प्रदेश सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीको रूपमा कार्यरत रहेका थिए र नीति निर्माण तथा प्रशासनिक सुधारका क्षेत्रमा सक्रिय देखिएका छन्।