जीवनबहादुर शाहीः पार्टीलाई विग्रहबाट जोगाउन नसकिएकोमा क्षमा
पुस ३०, २०८२
काठमाडौ ।नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले पार्टीलाई विग्रहबाट जोगाउन नसकेकोमा दुःख व्यक्त गरेका छन्। पार्टी विभाजनपछि शाहीले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै क्षमायाचना गरेका हुन्।
सुर्खेत—कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले पार्टी विभाजन रोक्न संस्थापन पक्षले धेरै प्रयास गरेको तर सफल नभएको बताएका छन्।
शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “सभापतिज्यू सहित नेतृत्व र संस्थापन पक्षको अधिकतम लचकताका बाबजुद पनि पार्टीलाई विग्रहबाट जोगाउन सकिएन। हाम्रा सम्पूर्ण सत्प्रयासहरू निष्प्रभावी हुन पुगे।”
उनले पार्टीलाई विभाजनबाट जोगाउन नसकेकोमा क्षमा माग्दै थपे, “विभाजनबाट जोगाउन नसकेकोमा हामी क्षमा चाहन्छौँ। सम्पूर्ण पार्टीका कार्यकर्तालाई विचलित नबनी मूल पार्टीमा लाग्न र मूल पार्टीमा फर्कन म हार्दिक अपिल गर्दछु।”
