कांग्रेस निजी कम्पनी होइन, हटाउने प्रयास असफल हुन्छ :गगन थापा
पुस ३०, २०८२
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको स्पष्ट पार्नुभएको छ। देउवा पक्षबाट कारबाहीमा परेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै थापाले आफूलाई हटाउने प्रयास सफल नहुने बताउनुभयो।
‘हामीलाई कारबाही गरिएको सुनेका छौँ,’ थापाले भन्नुभयो, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन।’
आफू सानैदेखि कांग्रेससँग आबद्ध रहेको उल्लेख गर्दै उहाँले ९ कक्षामा पढ्दादेखि नै कांग्रेसमा सक्रिय रहेको र २०४६ सालको जनआन्दोलनमा सहभागी भएको बताउनुभयो। साथै २०६२÷०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउनुभयो। ‘कसैले हटायौँ भनेर हट्ने होइन,’ थापाले दृढताका साथ भन्नुभयो।