केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी:गगन थापा

फिल्को मिसन

पुस ३०, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्।
देउवा पक्षबाट आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन प्रक्रिया अघि बढ्ने जानकारी दिए।
उनले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं। सिंगो देशले यो सुनिरहेको छ। नागरिक, कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन्। यही हो नेपाली कांग्रेसजनहरु ।’
थापाले विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरू नै बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी तथा उत्तराधिकारी भएको उल्लेख गरे।
उनले थपे, ‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला र गणेशमान सिंहका पारिवारिक सदस्य यहाँ उपस्थित नहुन सक्छन्। तर, हामी त्योभन्दा ठूलो परिवारका सदस्य हौं। जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै आधिकारी सदस्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस