पेरिसडाँडामा नेकपाको भर्चुअल शपथ :२४९९ केन्द्रीय सदस्य सहभागी (तस्वीरहरू)
पुस२९, २०८२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य एनके प्रसाईंले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

नेकपाले हाल २४९९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। काठमाडौंमा उपस्थित हुन नसकेका सदस्यहरूले भर्चुअल माध्यमबाट शपथ ग्रहण गरेका थिए।
पार्टीले केन्द्रीय सदस्यहरूलाई परिचयपत्र उपलब्ध गराउन प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ।



