आन्तरिक विवादबीच सुरु भयो कांग्रेसको विशेष महाधिवेशन (तस्बिरहरू)

फिल्को मिसन

पुष २७, २०८२, आइतवार
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरू भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा उपस्थित भएका छन्।

विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसँगै उद्घाटन सत्र प्रारम्भ गरिएको हो। पार्टीभित्र जारी आन्तरिक विवादका बीच आयोजना गरिएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

यसपटक महाधिवेशन स्थलमा केही फरक दृश्य देखिएका छन्। मञ्चमा कुर्सी नराखी कुसन मात्र राखिएको छ भने दर्शकदीर्घामा महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूका लागि कुर्सीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस