एमालेको महाधिवेशन दुई आयोग र ८ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
मंसिर २९, २०८२
काठमाडौं .नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्विरोध भएका छन्। केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावली अनुसार तोकिएको कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध भएका हुन्।
खुला केन्द्रीय सदस्यतर्फ खुला युवा क्लस्टरमा दुई जनाको कोटा छुट्याइएको थियो। यसमा नरेश रोकाया र सुशील थापाको मात्रै उम्मेदवारी परेको कारण उनीहरू निर्विरोध भएका छन्। त्यसैगरी, मधेशी युवा क्लस्टरमा अमर कुमार यादव निर्विरोध भएका छन् भने मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्विरोध भएकी छिन्। पार्टीका दुईवटा आयोगका पदाधिकारी पनि निर्विरोध भएका छन्। अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारले प्रतिस्पर्धा नगरेकाले उनीहरू निर्विरोध भएका हुन्।