अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता हुम्लाबाट महतराका बुवा–छोरा

फिल्को मिसन

साउन २६, २०८२
हुम्ला । हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ रिप गाउँनिवासी महताराका बुवा–छोरा स्वामिकले नै अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन ।
खेलाडी विष्णु महतारा र उनका ७ वर्षीय छोरा स्वामिक महताराले फ्यामिली पुम्से तर्फ स्वर्ण पदक जितेका हुन् । मलेसियामा अगस्ट ७ देखि सञ्चालित ७ औं हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपाली टोलीको नेतृत्व ललितपुरस्थित न्युजेन स्पोट्र्सका प्रशिक्षक सुप्रीम गुरुङ लाई उद्धित गर्दे बिमल महतराले फिल्को मिशन डटकम लाई जानकारी दिएका छन् । सानो उमेरमा नेपालको प्रतिनिधित्व गरि नेपाललाई गोल्ड मेडल दिलाउन सफल भएको महताराका बुवा बिस्नु महताराले बताए ।


मलेसियामा अगस्ट ७ देखि संचालन उक्त ३० देशका ३ सय ५७ टोलीका २५ हजार भन्दा बढी खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा नेपाल बाट प्रतिनिधित्व गरि ललितपुरमा रहेको न्युजेन स्पोर्टका खेलाडीले उक्त कपमा ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन ।


इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेको अन्तरास्ट्रिय रेफृ तथा न्युजेनका ब्यबस्थापक समेत रहेका प्रबिन थापाले स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक जितेको हुन् ।


यो जितले नेपालको तेक्वान्दो खेलमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ थपेको छ । हुम्लाबाट विष्णु महतारा,उनका छोराको हुम्ला नभई सिंगो नेपाल लाई खेलबाट उपलब्धि हाँशिल गरेको छ । स्वामिक ललितपुरमा रहेको न्युजेन स्पोर्टसका नियमित खेलाडी समेत भएको जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस