लोतीखोलामा बन्यो वेलिब्रिज पुल, पूर्व मुख्मन्त्री शाही द्धारा उद्दघाटन
साउन १३,२०८१
पिप्लाङ्ग । हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ पिप्लाङ्गमा रहेको लोतिखोलामा बनेको वेलिब्रिज पुल संचालनमा आएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ र ४ वडालाई जोड्ने लोती खोलामाथिको अस्थाई बेलिवृज निर्माण कार्य सम्पन्न भएसँगै मुगु र हुम्ला सडकसञ्जामा जोडिएको छ । आर्थिक बर्ष निर्माण सम्पन्न भएको पुल कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जीवन बहादुर शाहीले मंगलबार उद्घाटन गर्नुभएको छ । हुम्ला र मुगु जिल्ला चंखेली सडक खण्डमा पर्ने लोतिखोलामा अस्थाई बेलिव्रिज पुल निर्धारित मिति भन्दा ६ महिना भित्र अगावै गत असार अन्तिम हप्तामै सम्पन्न भएको थियो ।

पुल उद्घाटन गर्दै पूर्व मुख्य मन्त्री शाहीले थुप्रै विकास निर्माणका कार्यक्रमहरु अलपत्र परिरहेका बेला निर्धारित समय भन्दा पनि अगावै सम्पन्न गरेकोमा निर्माण व्यावसायी कँग्री कन्ट्रक्सन कम्पनी संचालक छिरिङ्ग लामाकोे प्रसंसा गर्नु भयो । सो कम्पनीले अन्य जिल्लामा पनि निमार्णका कामहरु जिम्मा लगेको र तोकिएको समय भन्दा अगाडिनै सम्पन्न गरेको कम्पनी राम्रो भएको बताए । अब मुगु र हुम्लासँग धार्मिक,पर्यटन कैलाश मानसरवर,खार्पुनाथ र मुगुको रारा सम्म पहुँच स्थापित गरेको छ ।

हरेका विकास र समृद्धिका लागि संचालित योजनाहरु समयमै सम्पन्न हुनुपर्ने उहाँको भनाई छ । हुम्लाको विकासमा धेरै बर्ष होईन १५ बर्ष अरु जिल्ला भन्दा हुम्ला विकासको फड्को मारेको छ ।आफु पनि केहि समयमा कर्णालीकै मुख्य मन्त्री हुने आश्वनि दिदै हुम्लाको लागि दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाई छ ।

मुगुसँग सडकसँग जोडिएपछि चंखेली लगायतका अन्य पालिकाबासीलाई आवतजावतमा सहज भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाही बताए । दुई जिल्ला औपचारीक रुपमा सडकसँग जोडिएपछि आवतजावतका साथै व्यापार व्यवसायदेखि पर्यटकीयस्थल समेत सहज हुने भएको छ ।
गएको आवा २०८१ साल असोज महिनामा ४ करोड ५३लाख ७५ हजारको सो पुल सम्झौता भएको र सो पुल २०८१ साल असार महिनाको अन्तिम हप्तामा सम्पन्न भएको पुर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख जैसीले बताउनुभयो । चंखेली गाउँपालिको वडा नंं. २ र ४को सिमानामा रहेको लोतिखोलामा स्पानको ४२ मिटर लामो अस्थाई बेलिब्रिज पुल निर्माण गरिएको हो । यो पुलको भारबहन क्षमता २० टन रहेको छ ।अनुकुल मौसम, निर्माण सामाग्रीको सहज उपलब्धता र स्थानीयवासीवाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयमै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यावसायी छिरिङ्ग लामाले जानकारी दिए ।
