बसन्तश्रीको १२र्औ कृति “भोट”काव्यको लोकार्पण
वैशाख २१,२०८२ आइतबार
काठमाडौं । साहित्याकार तथा कविकार बशन्त रोकाया बसन्तश्रीको नयाँ कृति “भोट” काव्यको आजै काठमार्डौमा लोकार्पण भएको छ।
लेखक साहित्याकार तथा कविकार बसन्तश्रीको ‘भोट’ काव्यको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीकोले लोकार्पण गर्नुभएको थियो । बशन्त रोकायाकोकोे यो १२औं कृति भोट काव्य प्रकाशति भएको हो।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शाहीको प्रमुख आतिथ्यमा आइतबार काठमाडौंमा नेपाली लेखक संघको आयोजनामा भएको विशेष समारोहमा सो खण्डकाव्य सार्वजनिक गरिएको हो।
लोकार्पण समारोहमा लेखक बसन्तश्रीले समाजमा भएको हरेकजीवनको यर्थात चित्रण राजनीतिक खण्डकाव्य भएको प्रशासं गरेका छन । प्रमुख अतिथिका रुपमा रहनुभएका कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जिवन बहादुर शाहीले मन्तव्य दिएका थिए ।
पूर्व मुख्यमन्त्री शाहीले यो भोट काव्य लेखक बशन्तश्रीले लेखेकोमा मेरै ४५बर्षको जिवनम राजनीतिक डायरी जस्तो लागेको बताए । पछिल्लो समयमा आफु लाई उमेरले बाजे नाता पर्ने हुनाले लेखक बशन्त नाती हुन्, संविधान सभाका सदस्य रिता शाही, मननीय तथा काँग्रेसका केन्द्रीय सदस्य रंगमती शाही लाई नातिनी पर्ने भएकोले अब हुम्लाको काँग्रसको राजनितिमा पुस्तान्तरण भएको बताए ।
आजै एक विमोजन कार्यक्रममा पूर्व मुख्य मन्त्री शाहीले साविकको कर्णालीमा भुपेन्द्र जंग शाही जस्तो कर्णालीको आइकन भएको बताए । कर्णालीका युवाहरु लाई सामाजिक संजालबाट नकारात्मक कुरा भन्दा सृजनात्मक कुरमा लाग्न आग्रह गर्नुभयो । रोकायाको भोट खण्ड काव्यकोे काठमाडौंको सुकेधारा चोकको लेभिस गार्डेनमा बिमोचन भएको हो ।