हुम्लामा एमालेको जिल्ला बैठक सम्पन्न, निर्वाचन लक्षित समिति गठन
माघ ५, २०८२
सिमकोट । निर्वाचनको तयारीका सन्दर्भमा नेकपा (एमाले) हुम्लाको आठौँ जिल्ला कमिटी बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ ।
बैठकले केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन संयोजक दल रावलको संयोजकत्वमा जिल्ला निर्वाचन मूल परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । साथै राजनीतिक परिचालन समिति, आर्थिक परिचालन उपसमिति, प्रचार–प्रसार उपसमिति तथा स्वयंसेवक परिचालन समिति गठन गर्ने निर्णय गरिएको पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय सदस्य रावलको संयोजकत्वमा ३०१ सदस्यीय जिल्ला निर्वाचन मूल परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोरखबहादुर बोगटी, दल रावल, दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामी बुमी तथा प्रदेश कमिटी सदस्यहरू रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी गोरखबहादुर बोगटीको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संवाद समिति, प्रकाशबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक परिचालन उपसमिति, चन्द्र ढकालको संयोजकत्वमा ९ सदस्यीय सांस्कृतिक उपसमिति, तीर्थराज बोहराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति र उपेन्द्र शाहीको संयोजकत्वमा २०१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति गठन गर्ने निर्णय गरिएको पार्टी सचिव बोहराले बताए ।