कांग्रेसले गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्ष कारबाही

फिल्को मिसन

 

पुस ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि ५ वर्षको कारबाही गर्ने निर्णय गरेको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधानविपरीत गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टी स्रोतका अनुसार अनुशासन उल्लङ्घन तथा संगठनात्मक गतिविधिमा असहयोग गरेको आरोपमा उक्त निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस