भद्रपुर विमानस्थलमा चिप्लिएको बुद्ध एयरका सबै यात्रु सकुश
पुस १८, २०८२,
काठमाडौँ ।झापाको भद्रपुर विमानस्थलमा चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।
९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ विमान अवतरणका क्रममा रन–वेबाट करिब २०० मिटर जति चिप्लिएको थियो। विमानमा सवार ५१ जना यात्रु सबै सुरक्षित रहेका डिआइजी विनोद घिमिरेले जानकारी दिए।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणको क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो। कम्पनीले हाल काठमाडौँबाट प्राविधिक टोली सहितको टीम भद्रपुर पठाउने तयारी गरिरहेको छ।
उक्त विमान आज साँझ ७ः०० बजे काठमाडौँबाट प्रस्थान गरी ९ः४५ बजे भद्रपुरमा अवतरण गर्ने क्रममा घटना घटेको थियो।