गोवामा आगलागीमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत दिन प्रचण्डको माग

फिल्को मिसन

मङ्सिर २३, २०८२
सुर्खेत ।नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्वप्रधानमन्त्रीपुष्पकमल दहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत दिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मंगलबार शोक सन्देश व्यक्त गर्दै उनले ती घटनामा सात जना नेपालीको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मृतकका शव व्यवस्थापन तथा पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले शीघ्र कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

उनले लेखेका छन्, “भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सात जना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु। कीर्तिशेष दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

साथै, प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकका शव व्यवस्थापन र आवश्यक राहतका लागि समन्वय तथा सहजीकरण गर्न निर्देशन दिएको उल्लेख गरेका छन्।
“मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कूटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु,” उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस