हेड नेपालको सहयोगमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मंसिर १८, २०८२
सिमकोट । ताजाकोट गाउँपालिकाले हेड नेपाल तथा अपाङ्गता अधिकार कोषको सहयोग र समन्वयमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाएको छ । मदनादेव माध्यमिक विद्यालय, चन्द्रदेव माध्यमिक विद्यालय, रामदेव आधारभूत विद्यालय, क्षत्रपाल आधारभूत विद्यालय र धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
दिवसको अवसरमा आयोजना गरिएको माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्रा तथा छात्र दुबै समूहबीच प्रतिस्पर्धा भएको थियो । छात्रा समूहतर्फ प्रथमः पप्लीका ढकाल – चन्द्रप्रकाश माध्यमिक विद्यालय,द्वतीयः जानु बोगटी – मदनादेव माध्यमिक विद्यालय,तृतीयः अन्जना सार्की – धर्मोदय माध्यमिक विद्यालय,सान्त्वनाः अरुणा शाही – रामदेव आधारभूत विद्यालय, सान्त्वनाः विमला रोकाया – क्षत्रपाल आधारभूत विद्यालयका छात्राहरुले विजेता भएका छन् ।

त्यसै छात्र समूहतर्फ प्रथमः नवीन उपाध्याय – धर्मोदय माध्यमिक विद्यालय,द्वितीयः विराज बोगटी – चन्द्रप्रकाश माध्यमिक विद्यालय, तृतीयः गोरख बोगटी – मदनादेव माध्यमिक विद्यालय, सान्त्वनाहुनेमा सन्तोष रोकाया क्षत्रपाल आधारभूत विद्यालय र पवन हमाल – रामदेव आधारभूत विद्यालय रहेका छन् ।
हेड नेपालका स्वास्थ्यकर्मी भक्तराज ऐडीका अनुसार कार्यक्रममा सार्वजनिक सुनुवाइ, सल्लाहकार समिति बैठक, कचहरी तथा अन्य अन्तरक्रियात्मक सत्रहरू समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा करिब १३५ जना स्थानीयवासीको सहभागिता रहेको जनाइएको छ ।
वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीहरूलाई ताजाकोट गाउँपालिकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो। कार्यक्रम ताजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको जानकारी दिएका छन् ।