गगन थापाको घोषणा :“म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार”
मंसिर १८, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा बोल्दै थापाले अब सभापतिमा उम्मेदवारीबारे कुनै अन्योल नरहेको प्रष्ट पारे। कार्यक्रमका सञ्चालकले “के तपाईं कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने होरु” भन्ने प्रश्न सोध्दा थापाले उत्तर दिए—
“त्यसमा त कुनै डाउट नै भएन नि। म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई विश्वास छ— नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ।”
कांग्रेसमा महाधिवेशन नजिकिँदै जाँदा थापाको घोषणाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा थप तीव्र बन्ने विश्लेषकहरूको आकलन छ।