लिमीमा चौँरीपालन व्यवसाय घट्दै
कार्तिक १३,२०८२
हुम्ला । कार्तिक महिनाको तिन गते हुम्लाको उतरी नाम्खा गाउँपालिका वडानं ६को लिमी भ्याली अवलोकन गर्ने समय जुरेको थियो । नेपाल पत्रकार महासंघ हुम्लाका शाखाको आयोजनामा संचारकर्मि लाप्चामा बैठकको लागि त्याहाँ पुगेका थियौं । लिमीको तिन वटा गाउँ जाँग,हल्जी र तिल ।

हल्जी गाउँ
अहिले घरमा याक, चौँरी, घोडाखच्चड झरेका छन् । तर त्यहाँ विहान वेलुकातिर माइनस ५ डिग्रीको कठ्याङ्ग्रिने जाडो र दिनमा न्यानो घाम । यति खेर खर्कबाट गाउँमा झरेका चौरीगाई याकहरुका चउरभरि चरेका देखिन्थे । लिमको जाँङ गाउँमा १०:१५ वटा चौरीगाई चरेको देखिन्थ्यो भने बाक्लो वथना हल्जी गाउँको खुला चउरमा चर्दै गरेका थिए ।

केही चौरीगाइहरु चरीरहेका थिए भने केहि बसेका थिए । जव हामी हल्जी गाउँमा पुग्यौ । रमणिय समथर भुमि,बालीनाली लिम्यालहरुले भित्र्याईसकेका थिए। हल्जी गाउँको खेतबारीमा र सार्वजिक वनमा चौरी गाईहरु यत्रतत्र भेटिए थिए ।

हल्जी गाउँको दक्षिण चउरमा विहान र बेलुका पख चौरी गाई दूध धोएर छोडेका थिए । अहिले तिनै गाउँका तिल गाउँका केहि चौरीहरु छन् भने हल्जी गाउँका किसानहरुका मात्रै केहि थोरै चौरी पालेको भेटिन्छन् । पहिला लिमी भ्यालीमा मात्रै चार हजार बढि चौरीगाई हुन्थे,अहिले आएर जम्मा जम्मी तिन सयका हारीहारीमा पालेको देखिन्छ ।

शहरको बसाइसराईले लिमीको दुवै गाउँ जाँङ र तिल गाउँका घरपरिवारले घरछोडेपछि त्यहाँ बस्ने मानिस नै छैन भने चौरी र भेडा च्याँग्रा पाल्ने त कसरी हुन्छ । सुनसान छ चौरी खर्कहरु,चरनक्षेत्र छ,,चौरी छैनन् नाम्खा गाउँपालिका ५का वडा सदस्य छिरिङतुण्डुप तामाङ आप्mना अनुभव सुनाउनु भयो । केहि सम्पन्न व्यक्तीहरुले काठमाडौंमा घर बनाएपछि घरपरिवार उतै बसाईसराइ गराए । केहि हल्जी गुम्बामा पुजारी टावा बनाएका छन् । केहि बालबच्चाहरु पढ्नको लागि सानै उमेरमा शहरमा झारे । तल झरीसकेपछि गाउँमा फिर्ता हुदैनन् । तर तिल र जाँग गाउँका छिमेकहरुले अन्य जिल्लाका व्यापरीहरु लाई सबै चौरीगाई,याक घोडाखच्चड बेचे,आप्mनो घरसमेत खालाी राखि ताला लगाएर सुविधा सम्पन्न शहर झरेका छन् ।

पशुपाल मात्र खेती हुने यो गाउँमा केहि गाउँलेहरु कामको खोजी,व्यापारव्यवसाया गर्नेहरु नजिकै छिमेकी देश तिब्बतको ताक्लोकोटमा गएका छन् । युवाहरुको वैदेशिक रोजगारीको शिलशिलामा गाउँ छाडेका छन् । शहरको बसाइसराईले पनि पछिल्लो समय चौरीपालन व्यवसाय घटदै गएको छ ।

लिमकिो जाँङ गाउँ
पछिल्लो समयमा रोजगारी र वैदेशिक रोजगारको आकर्षणकै कारण युवा पुस्ता गाउँ छोडेर वैदेशिक रोजगारी र विभिन्न कामको शिलशिलामा शहरतिर जानेक्रम जारी रहेको छ । जसले चौंरीपालन तिर युवा लगायतका पाका पुस्ताको पनि,यस तर्फ आकर्षण घट्दै गएको देखिन्छ ।

हल्जी गाउँमा चरिरहेका छौैरीहरु
चौरीपालनका लागि खर्क पुग्नुपर्ने,जलवायु परिवर्तनले चरण क्षेत्रमा असर,बजार व्यबस्थापनमा समस्य हुनु,गोठला नपाउनु, पशुपालन गर्दा भनेजस्तो आर्थिक कमी हुनु जस्ता समस्या भएको नाम्खा गाउँपालिका वडानं ६का वडा सदस्य तामाङको भनाइ छ । चौँरी,याक चराउन दिनरात पाटनमा खटिनु पर्ने,कठिन जीवनशैलीको सट्टा,वैकल्पिक रोजगारीको खोजीले गर्दा आफनो पुरानो बाबुबाजेको पशुपालन व्यबसाय लाई चट्ट छोडेका छन् ।

पशुपालनमा सरकारी नीतिको अभावले आधुनिक कृषि तथा पशुपालनमा सहुलियत अनुदानामा याक:चौँरी र भेडाच्याङ्ग्रा जस्ता पेशा लाई सहि ठाउँमा लगानी नहनु नै चौंरीपालनमा समस्या देखिएको हो ।
केहि बर्ष अगाडि एकै घरमा एक सय भन्दा बढि चौरीगाई र दुई सय भन्दा बढि भेडा च्याँङ्ग्रा पालिने समयमा अहिले आएर उक्त क्षेत्रम चौरीगाई पालन कमि आएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लगायतका क्षेत्रका पशुपालन व्यावसायिक हराउँदै गएका छन् ।

जाँगा गाउँमा पाँच सय बढि चौरीगाई,च्याँङ्ग्रा र घोडाहरु पालिन्थे । तिल गाउँमा पनि केहि बर्ष अगाडि चौरीगाई र घोडाहरु अन्य जिल्लाका व्यापरीहरु लाई बिक्रिगरेको त्यहाँ पशुपालक कृषले बताए । एक जना पशुपालक कृषले एउटा गोठमा तिन सय वटा सम्म चौरीगाई पालिन्थ्यो । अहिले सबै चौरीखर्करु खाली मात्र भेटिन्छन् ।

लिमीको जाँग,तिल,टाक्ची चउर,लाप्चा लगायतका चौैंरीखर्कहरु खाली र सुनसान रहेका छन् ।पाँच छ बर्ष अगाडिबाट लिमीका गाउँछोड्नेहरु तिव्ररुपमा बढ्को छ । आर्थिक कमजोरीर र पुरानो ऐतिहासीक हल्जी गुम्बा भएकै कारणले गुम्बा छाड्न् नमिल्ने वडा सदस्य तामाङले बताए ।

माथिबाट हिमताल फुडने् डरले हल्जी गाउँका मानिसहरु आफू पनि मुस्किलले बसी रहेको र पुरानो गुम्बा र बस्ती भएकै कारणले छोड्न नमिल्ने बताए । गाउँ छोडेका लिम्यालहरु विदेश पुगेर कमाए,काठमाडौंमा घर ठड्याए,उतै घरपरिवार बस्छन् । आफू त गुम्बा जगाउनु पर्यो, थोरै भएपछि चौरी पाल्नु पर्ने भयो वडा सदस्य तामाङको भनाई छ ।

चौैैंरीबाट आर्थिक फाइदा
उत्तरी हुम्लाका किसानहरुले व्यवसायिक रुपमा चौरीपालन गर्दै आएका छन् । खेतीयोग्य जमिन नभएकाले यहाँका किसानहरुले मुख्य व्यवसायका रुपमा चौरी गाई, च्याँग्रा, घोडा–खच्चड पाल्दै आएका हुन्। हुम्लाको लिमी क्षेत्रमा करिब तिन सय चौँरी रहेको अनुमान गरिहएको छ । खर्कमा नै दूध, घ्यु, छुर्पी, पनिर उत्पादन गरिन्छ ।

चौरीगाईको दुधबाट बनिने दूध,दहि,घिउ,छुर्पी, कोरानी,थुत लागयतका परिकार विक्री हुन्छ ।उत्पादन गरेको चिनको तिब्बतमा कहिले बिक्रीहुन्छ कहिले हुँदैन् । छिमेकी गाउँपालिकाका मानिसहरु लिन याँहा सम्म आउन्छन् । चौरीपालनबाट मनग्य आम्दानी हुने भए पनि चौरी गोठालो हेर्न मानिसहरु पाउँदैन् ।

त्यसै गरि,पाँच छ हजार मिटिरको उचाईमा रहेको पाटनमा पाइने जटीबुटी,बुकी यार्सागुम्बा लगायतको जटीबुटी खाएको चौरी गाई र याकको मासु र चौरीको पुछर महगोमा बिक्री हुन्छ ।
चौरी गाईको दूधबाट घिउ,छुप्री, थुत र मिठाइ परिकार बन्छन भने चौरीको रौंबाट लिउ, फेरुवा,रसी, झोला, लत्ताकपडा र खर्कका लागि पाल समेत बनाइने चौरीपालक कृषक टसी तामाङले बताउनु हुन्छ । उनका अनुसार उच्चहिमालमा रहेको पाटनमा पाइने जटीबुटी,बुकी यार्सागुम्बा लगायतको जटीबुटी खाएको चौरीगाई र याक बाट मासु महँगो मूल्यमा बिग्री हुन्छ । त्यसै गरि धार्मिक संस्कार अनुसार चौरी गाई,याकको पुच्छर,याकको टाउँको,सिङ र हड्डीहरूबाट धार्मिक सामग्री प्रयोग गरिन्छ ।

एउटा चौरीको ६० देखि ८५ हजार रुपैयाँ र याक ५० हजार देखि एक लाख रुपैयाँसम्म बिक्री हुने वडा सदस्य तामाङले बताए । उनले चौरीजन्य बस्तुको बिक्रीबाट लाखौं रुपैयाँ आम्दानी गर्दै पशुपालक कृषक भएको जानकारी दिए। यस्तै, उत्तरी नाम्खा गाउँपालिकाका–६ लिमी गाउँका टसी तामाङले ५० वटा चौरी पालेका छन् ।

लिमीगाउँमा प्रति परिवारले चौरी पालनबाट राम्रो आम्दानी गर्दै आएको उनको भनाइ छ । चौरी पालनबाट राम्रो आम्दानी हुने भएकोले उच्च हिमाली भेगमा बसोबास गर्ने पशुपालन कृषक चौंरीपालनप्रति आकर्षिण घटदै गएको वडा सदस्य तामाङले दुःख व्यक्त गरे । लिमीका छिमेकी गाउँ ,जिल्लाहरु र चीनको स्वशासित क्षेत्र तिब्बतमा समेत याक ,चौरीको राम्रो मूल्यमा बिक्री हुने गरेको वडा सदस्य तामााङको भनाई छ ।

चरन अभाव
उच्च हिमाली क्षेत्रमा चौरीपालन गरिने भएकाले समस्या पनि हुने गरेको छ । चार देखि ५हजार तिन सय मटिरको उचाइमा चौरी पालन गरिने भएकाले यस क्षेत्रमा छ महिनासम्म हिउँले ढाँक्ने गरेको छ । त्यसै गरि हिउँले ढाकेपछि चरनको अभाव हुने र जलवायु परिर्वतनले समयमा हिपात नहुनु र परम्पारा पशुपालन व्यवसाय गरिनु नै पछिल्लो समयमा चौंरीपालन घटेको बताए ।

उच्च हिमाली भेगका पाटनमा रहेको र्चौंरी हिउँदयाममा घरमा ल्याउँदा बिरामी पर्ने गरेको बताए । बिरामी भएका बेला उपचार नपाउँदा चौरी गाई मर्ने समस्या भएको उनको भनाइ छ । हुम्लाको लिमी गाउँको टाँक्ची, लाप्चा, ठेहेको चुवाँखोला, मुचुको हयाँक्सी लगायतका वनमा चौरीका चरन क्षेत्र हुन् ।

यस्तै, तिब्बतको पठारमा क्षेत्रमा पनि यहाँका र्चौंरी हिउँदयाममा चरनका लागि लगिने भए पनि पछिल्लो समय चीन सरकारले प्रतिबन्ध लगाएपछि समस्या भएको पशुपालक कृषको भनाइ छ ।
चौँरी खर्कहरु रित्तै
उतरी हुम्लाको लिमीमा गाउँमा हजारौं पाइने चौँरीहरु यति खेरी चौरीपालन कम हुँदै गएको छ ।लिमी गाउँका जाँग र तिल अधिकास गाउँका मानिसहरु घरमा ताला लगाएर शहर बसाराई सरेपछि चौंरीपालन संकटमा परेको हो ।

चौरी गोठालाहरु नभेटिने प्रत्येक घरबाट एक जना छोरा छोरी टावा (लामा) राख्ने बाध्यत, शहर बसाई र पर्ढाले बालबच्चाहरु गाउँमा नर्फिने र अधिंकाश युवा वैदेशिक रोजगारीमा गए पछि पशुपालन नहुँदा अधिकाँस र्चौरी खर्कहरु रितै छन् ।

व्यवसायरुपमा चौैरी पानल गरेका मानिहरु शहरमा बसाइ सरेपछि खर्कमा खाली रहेका हल्जी गाउँनिवासी टसी तामाङले बताउनुभयो ।अहिलेका छोराछोरीहरु अध्ययान गर्न शहरमा लगायो पढि सकेपछि,गाउँमा नर्फकीने उतैबाट रोजगारीको लागि विदेशीने हुनाले लिमीमा चौँरी पालन वन्द भएको हो, तामाको भनाइ छ । पहिला त खर्कहरुमा भरिभराउ हुने चौैरी,याक,च्याँग्रा र घोडा खच्चडहरु यति वेला सुनासान भएको हो ।

वन र्चौरी,वन घोडा,नाउर,कस्तरी,हिमचुतुवा,वन भेडा लगायतका जनावरहरु भेटिन्छ तर घरपालुवा पशु पाल्न छोडेपछि र्चौरी खर्कका खाली भएको तामाङले बताए । ग्याउखोला,टाक्ची खोला,लाप्चा,न्यालु चौउरी,लिङ्ग खोला लगायतका चौरी खर्कहरु यति खेर खालीनै देखिन्छ । जंगली जनावारको संख्या बढ्ने अबस्था देखिन्छ । उच्च स्थानमा रहेका खर्कहरु चौंरी गाई भरिभराउ हुनु पर्नेमा पछिल्लो समयमा लिमीमा मानिसको संस्ख्या कम भएपछि चौंरी पालन घटेको हो ।

बसाइँसाराईले जाँङगाउँनै सुनसान,एक वथान र्चौरीगाई
हुम्लाको लिमी उपत्यकाको जाँङ गाउँमा तिन घरधुरी बाहेक ६५ घरपविार बसाइँ सरेर शहरमा गएकाछन् ।बसाईसराई भएका घरधुरीको घरहरुमा ताला लागेको छ भने सबै खेतीबारीमा झारले ढाकिएको छ । उराठलाग्दो अबस्थामा एक वथान र्चौरीगाइ,याक मात्र बाँकी रहेको भेटिएको छ ।

ठुला–ठुला घरहरु खाली भएपछि अहिले जाँङ गाउँमा एक्लै जाना डर लाग्ने गरेको टसी तामाङ भनाई छ । लिमी उपत्यकाका तीन गाउँ मध्येको पहिलो गाउँ जाँङमा रहेका बाँकी घरपरिवार पनि बसाई सराई गर्ने तयारीमा छन् ।

त्यसै गरि तिल गाउँमा पनि अधिकाँस घरपरिवार बसाइसराइ गरिसकेका छन भने केहि सर्ने तयारीमा छन् । लिमीको हल्जी गाउँमा भने अहिले सम्म बसाईसराई गरेका छैनन् । पुरानो १२सय बर्षको गुम्बा रहेकोले पनि आफुहरु अन्य छिमेकी गाउँका जस्तो नजाने हल्जी निवासी तामाङ बताउनु हुन्छ ।

लिमीमा पहिला हजारौं चौंरीगाई ,च्याँग्रा र घोडाखच्चड थिए पनि अहिले लिमीमा तिन सय मात्र चौंरीगाई रहेको बताए । लिमीको हल्जी गाउँमात्रै यतिखेर खर्कबाट झरिसकेका छन भने हिउँदमा घर वरपर पालिएका याक, चौँरी र घोडाखच्चर मात्र देखिन्छ । बालिनाली भित्राई सकेपछि खेतबारी र घाँसे मैदानमा याक, चौँरी चरिरहेका छन् भने हिउँदको लागि घाँसपात,दानपानी सुरक्षित राखिएको उनले बताए ।

याक, चौँरीगाई,याकको अहिले बिक्रिको बजार रहेको छ । तर पछिल्लो समयमा युवाहरु याक, चौँरी, भेडाच्याङ्ग्रा व्यवसाय भन्दा भिन कामको शिलशिलामा शहर पलाइन् भएका छन् भने वैदेशिक रोजगारको शिलाशिलामा विदेशियाका छन् । पहिला हजारौं याक,चौँरी,च्याँङ्ग्रा र घोडाखच्चडको संख्या गन्नै सकिदैन थियो,तामाङ बताउनु हुन्छ । तर, अहिले ८० प्रतिशत जति पशुपालन घटेको छ । खर्कबाट घरमा झारेको बेला याक, चौँरी अहिले औलामा गनिदै आएको बताए ।

गतबर्ष नाम्खा गाउँपालिका अन्तगर्त भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले र्चौरी गाई,याक लगायतका पशुलाई खोप लगाएको र पशुको स्वास्थ्य परिक्षण गरेको बताए । लेकका खर्कमा राखिएका याक, चौँरी गाईबाट पहिला बर्षमा बाच्छाबाच्छी जन्मिदै मर्नेे समस्या भएको बताए ।

पशुस्वास्थय केन्द्र टाढा भएकोले पनि उच्च स्थानमा रहेका खर्कहरु पशु प्राविधिक जान नसक्ने हुँदा समस्या भएको बताए । पहिले बाच्छाबाच्छी जोगाउन मुस्किल हुने भएपनि अहिले खर्कमै पशुस्वास्थ्यकर्मि पुगेर उपाचर गराएपछि सहज भएको बताए ।

पहिला याक, चौँरी र भेडाच्याङ्ग्राका ऊन, छाला, दुध, छुर्पी, गोबर,भारी बोक्न,ढुवानीका लागि प्रयोग गरिन्थ्यो । तर, सडक पुगेकोले पशुसाधान कम मात्र ढुवानीका लागि प्रयोग गरिन्छ तामाङले बताए ।
खाना पकाउनेको लागि गोबरकै भर
हिमाल पारको लिमी गाउँमा वनमा दाउरा नहुँदा अधिकाशं परिवारले दैनिक खना पकाउन चौंरीको गोबर (गोप्टीला)सुकाएर दाउराकै प्रयोग गर्ने गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिका वाडनं ६ लिमी गाउँमा वन नभएको र त्यस क्षेत्रतिर पाटनमा स–साना बुटयान् भएकोले र्चौरीगाई,याक,घोडा खच्चडबाट निस्केको गोबर (गुइँठो) सुकाएर खाना पकाउने र चिसोमौसम आगो ताप्नेमा प्रयोग गरेका हुन्छन् ।

पछिल्लो समयमा सडक विस्ताभएपछि सिलिण्डर ग्यास र विद्युतबाट चुलोको प्रयोगमा ल्याएको नाम्खा गाउँपालिका वडानं ६का वडा सदस्य छिरिङतुण्डुप तामाङले बताए । लिमी गाउँका अधिकाँस घरपरिवारहरुले गोबरको (गोप्टीला) भर पर्ने गरेका छन् ।

लिमीको हल्जी,तिल,जाँङ गाउँ, होटल,विद्यालय,गुम्बाहरु,र्चौरी खर्क र लगायत पर्यटकहरु पनि खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा र्चौरीहरुको गोबर (गोप्टीला)को प्रयोगको गरेको पाइन्छ । लिमी क्षेत्रमा प्रायजसो चौैरी बाट निस्केको गोबर संकलन गरि घामा सुकाउने दैनिक दिन गुइँठोको रुपमा प्रयोग खान पकाउने र चिसो मौसमा आगो ताप्ने प्राचिनकाल देखि चलिआएको छ ।

हुम्लाको माथिल्लो हिमाली क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत रुपमा गोबर बाटै इन्धनकोरुपमा प्रयोग गरीरहेका छन् । गोबरले स्वास्थ्यमा असर पार्ने हुनाले अहिले सडक पुगेकोले अधिकास घरपरिवाले ग्यास चुलो प्रयोग गरिरहेका छन् । गाईको गोबर प्रयोगले चुलोमा खाना पकाउने र चिसोको समयमा आगो ताप्नलाई पनि यसको प्रयोग बढी हुने हल्जी गाउँ निवासी टसी तामाङले बताए ।

स्वास्थ्यका दृष्टिले गोबर (गोप्टीला)बाल्नु तेति राम्रो नहुने र स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले श्वासप्रश्वास, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने सक्ने संम्भावन हुने नाम्खा गाउँपालिका गाउँपालिका स्वास्थ्य संयोजक ग्याछो लामाले बताए । बाह्रैमहिना जाडो हुने यस क्षेत्रमा दाउराको काम गोबरले गर्दै आएको बताए ।