भारतसँगै पाकिस्तान पनि एशिया कपको सुपर फोरमा

फिल्को मिसन

असोज २,२०८२
काठमाडौं । पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै एसिया कप २०२५ को सुपर फोरमा छनोट भएको छ । गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र बनाउन सकेको छ ।
पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए। युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनायो। जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थान रहेको छ।
यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ। समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ। एशिया कप अन्तर्गत आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ । अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै एसिया कप २०२५ को सुपर फोरमा छनोट भएको छ । गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र बनाउन सकेको छ ।
पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए। युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनायो। जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थान रहेको छ।
यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ। समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ। एशिया कप अन्तर्गत आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ ।

प्रतिक्रिया दिनुहोस