तिल गाउँमा फेरी बाढी :एक गोठ,चार वटा काठे पुलसहित खेतबारीमा क्षति

फिल्को मिसन

साउन १४,२०८१
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँ नजिकैको खोलामा आएको बाढीले एक गोठ,चार वटा काठे पुलसहित खेतबारीमा क्षति बनाएको छ । तिल गाउँ र हिमशिखर आधारभूत विद्यालयको विचमा बग्ने खोलामा आएको बाढीले क्षेती बनाएको वडा सदस्य तेम्बा तुण्डुप लामाले बताए । साउन १२ गते दिउँसो चार बजेतिर आएको बाढीले एक चौरीगोठ, खेतबारीमा अनवाली,४ वटा काठे पुल र पानी घट्ट सिचाइको कुला ,बुद्धको स्तुपामा क्षेती भएको समेत बगाएकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । यस अघि गएको जेष्ठ १ गते राति हिमताल फुटेर आएको बाढिले गाउँको पूर्वपट्टिको तिल गाउँ र कतिञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोला आसपास क्षेत्रतिर क्षेती बनाएको थियो । त्यसयता त्रसित अवस्थामा बसिरहेका स्थानीयहरू ४३ दिन पछि पुन दोश्रो पटक आएको बाढीले तिलबासी आतङ्कित भएका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
अहिले सम्म मानवीय क्षतिको जानकारी प्राप्त नभए पनि बाढीले भौतिक संरचना र खेतीयोग्य जमिनमा क्षति पुर्याएको घटना स्थल खटिने प्रहरीले जानकारी दिएको छ ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डयद्धारा बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउने आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस