कुष्ठरोगले बनायो अपांगता, छ वर्षदेखि पाँणमा बास
असार ३०,२०८२
हुम्ला । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण हुम्लाको सिमकोट गाउँपालिका एक जान पुरुष ६वर्षदेखि पाँणमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ याँङ्गु गाउँका ५६ वर्षीया धनविरे कामी कुष्ठरोगकै कारण ६ वर्षदेखि छाउगोठामा बस्न बाध्य भएका छन् । युवा उमेरमै कुष्ठरोग लागेपछि उनी आफन्त र गाउँलेले गाउँभन्दा अलि नजिकैरहेको छाउगोठमा बनाइदिएको गोठमा एक्लै बस्दै आएको बताए ।

एक त जन्म जातै सुस्तमानिस थिए,भने कलिलो उमेरमा कुष्ठरोग कुष्ठरोगले अपाङ्ग बनाएको छ । एक शारीरिक अपाङ्ग,त्यसपछि कुष्ठ रोग लागेर गाउँमा कृष्ठरोगी लाई सामाजमा अपहेलित तरिकाले नारकिय जिवन बिताएका छन् । कामीका हात, खुट्टाका औंला बाङ्गा छन, भने शरीर जम्मा भएर हिँडडुल गर्न कठिन छ ।
समाजमा बढ्दै गएको चेतना र औषधी उपचारको सहजता पछि पनि यस्ता घटना हिमाली जिल्लाका दुर्गम गाउँबस्तिमा कम हुँदै आएका छन्, तर न राम्रो बस्ने ठाउँ छ,न त ओछ्याउने कपडा छ,न तअरुले दिएको खानेकुरा खान सक्छन् । दिशापिसाब गर्ने पनि अरुको साहरा चाहिने भएको देखिन्छ, धनविरे कामीको । आफनो बाँकी जिवन दिन रात कटाउन थालेको ६ वर्ष बढि भइसक्यो कामीको । खाने टुङ्गो नि छैन । कहिले भोकै सुत्छु । रात काटाउन कपडासमेत छैनन्, आफन्तजन र गाउँलेको गरेको व्यवहारले झन विरामी कामी दिनप्रतिदिन रोगले थलिएका छन् । कामी पूर्णा अपाङ्ग र सुस्त मनस्थिति बोली नै छैन् । नत कान राम्रो सुन्दैन्न । हातको इसारामा आफनो पिडा पोख्ने गरेको छन् । तर जोकोहीले विरामी कामीका जाने मानिस लाई आफुलाई सन्चो गर्ने आग्राह गरेका भाव झल्कीन्छ ।

धनविरे कामीका ३ भाई भन्दा जेठा हुन्,सबै भाईहरु अलग अलग छुटिएर बसेका छन् । तिनै भाईहरुले विरामी धनविरे कामी लाई पालनपोषण गर्न प्रत्येक महिना पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरुको डरले उनी घरको माथिल्लो तला पाँणमा बस्न कोठा दिएका छन् ।
उनको जिल्ला अस्पातल हुम्ला बाट औषधि ल्याएको केहि महिनामा सेवन गरेको देखिन्छ । तर औँषधी नियमिति नहुँदा झन समस्या बल्झिएको छ । विरामी कामीको संकेती भाषमा अनुसार मलाई जुन दिन रोग लाग्यो, घरबाट अलग बस्न पठाइदिए । मलाई आफन्तले नछुने हुँदा घर भन्दा टाढाको छुइ बस्ने गोठमा सुत्ताए । म लाई भने जस्तो औषधी पाएन् । राम्रो सँग खाना पनि पाइएन् र लगाउने,ओछाउने कपडा पनि पाइएन्,रोगले थलिएर म त्यहीं गोठमा बसेंको बताए । कुष्ठरोगको औषधि पहिलो महिना खाँए र त्यसपछि औषधी खानेपनि छोडेएँ ।
धनविरे कामीको पिडा यहाँ भिडियो क्लिक गर्नुहोस्
पहिला घरको खेतीपाति र गाईगोठालो जाने गरेको संकेती भाषमा बताए । विरामी कामी रोगले दिनप्रतिदिन थला पर्दै गएपछि भाई बुहारीले पनि अलग्गै कोठामा बस्न लगाए । पहिला त घरदेखि झन्डै १० मिटर टाढा छुईबस्ने छाउगोठमा राखे । शरीरमा फाटेका लुगा,नत गास नत बास नै वर्षाको झरी र हिउँदको माइनस २५ डिग्री भन्दा माथीको चिसो जस्तो सुकै मौसममा पनि अँध्यारो कोठा भित्र कामीको दिनचर्या चलिरहेको छ ।

कलिलै उमेरमा कुष्ठरोग लागेपछि उहाँले काम गर्न सक्नु भएन । समयसम्म आफू भोकै बसेको बताउनुहुने कामीले दुबै हाताका औला र खुटाका औला बाङ्गिएका छन । पूर्णरुपमा शरिर चल्दैनन् । रोगले खुट्टा पनि हिड्न धेरै गाह्रो हुन्छ । ६ वर्षे सम्म कोठे जीन्दगीमा कहिल्यै पेटभरी खान नपाएको विरामी कामीले बताउनु हुन्छ । आफनो जीन्दगी त निकै पिडादायी छ अहिले पनि कतैबाट झिङ्गो उडेर नी मुखमा पस्दैन्,आँखा बाट आँशु निकाल्दै सांकेतीक भाषमा फिल्को मिशन डटकम लाई बतए । रातभरी चिसो, दिनभरी घाम अनि भोको पेट, विरामी कामीको अवस्था झन शरीरको पीडादायक वेथा सुनाए ।

अब आफनो पहिला जस्तो अवस्थामा फर्कनेमा कत्तिपनि विश्वास नभएको कहिले काल आउँला भनेर दिन पर्खिरहेको बताए । कामीले सरकार र अन्य कुनै निकाय लाई बाँच्ने सहयोगको याचाना गर्नुभयो । कुष्ठोराग लागेका शरीरका घाउँ निको भएर समाजमा पहिलेको जस्तै भएर घुम्न निकै मन भएको बताए । तर कामी लाई गाउँमा बाँकी जीवन जिउन मन छैन् । ६ बर्ष सम्म एकल जीवन बिताएका कामीले दिशा पिसाफ गर्ने र अरुको भरमा खाना खाने स्थीत भएको कसैले सहयोगको भरमा बाँच्छुकी आशा गरेका छन् ।
सरकारले देशबाटै सन २००९ मा कुष्ठरोग निवारणको घोषणा गरेपनि विगत ६ वर्षदेखि कुष्ट रोगकै कारण नारकिय जीवन बिताएका धनविरे कामीकोे बारेमा सिमकोट गाउँपालिका लगायतका समन्धित स्वास्थ्य संस्थाले समेते वेवास्ता गरेका छन् ।

तर सिमकोट गाउँपालिका ८ का वडा अध्यक्ष कमल बुढाले आफनो वडामा यस्ता खालका विमारी उपचार गर्नको लागि सरोकारा निकाया लाई आग्रहा गरेको बताउनु भयो । कुष्ठरोगका कारण त्यसरी नारकिय जीवन जिउनु निकै दुखद भएको बताएका वडाअध्यक्ष बुढाले थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय,गाउँपालिका र केन्द्रमा समेत पहल गर्ने बताउनुु भयो ।