रेडियोको बार्षिक उत्सभमा बाल कचरी कार्यक्रम सम्पन्न

भक्तराज ऐडी ।

असार १, २०८२
हुम्लाको सिमकोट गाउँपालिकामा आइतबार स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र बालबालिकाबीच संवाद कार्यक्रम बाल कचरी सम्पन्न भएको छ ।
गुडनेवर इन्टरनेश्नल संस्था हुम्लाको आर्थिक सहयोग, किर्डाक नेपाल, आधार विकास नेपालको सहकार्य, सिमकोट गाउँपालिकाको समन्वय र रेडियो कर्णाली आवाजको आयोजनामा बाल कचहरी कार्याक्रम सम्पन्न भएको हो । सिमकोट गाउँपालिकास्थित रहेका बालबालिकाले आफ्नो हक अधिकारका साथै लगानी वृद्धि सहित बालअधिकार सुनिश्चित गर्न माग राखेका थिए ।


सिमकोट गाउँपालिका भित्र रहेका बालबालिका विद्यालय भर्ना नभएको मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थी नरेश शाहीले प्रमुख अथिति सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई प्रश्न गरेको थिए । यस्तै गरि अर्का बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी कर्टिना बोहराले बाल कचहरी कार्यक्रमका प्रमुख अथिती सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी अथिती प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई प्रश्न गरेकी थिइन् । पालिकाले विद्यालयमा व्यवस्थित खानेपानी, सेनेटरी प्याड, छात्रामैत्री शौचालयको अभाव रहेका बालमन्दिर माविका विद्यार्थी बोहराले आफनो प्रश्न राखेकी थिईन् ।


विद्यालय क्षेत्रलाई नेपाल सरकारले २०६८ सालमा शान्ति क्षेत्र घोषणा गरेपनि बालमन्दिर माध्यामिक विद्यालय आसपासका गाडीका हर्न, ग्यारेज राखेकोले पठनपाठनले समस्या बनाएको अर्का बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनगर्दै आएका विद्यार्थी प्रतिक्षा बोहराले आफनो प्रश्न राखेका थिईन् ।मानसरोवर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका हरि बुढाले जाति भेदभाव छुवाछुत, छाउपडी प्रथा अझै कायमै रहेको बताए । जिल्लामा बालबालिका माथि यौन दुरव्यवहार, हिंसा लगायतका घट्ना घटेपनि गाउँघरमै मिलोमतो गरिएको बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएकी श्रद्धा सुनारले प्रश्न राखेकी थिईन् ।
कचहरीमा उठेका प्रश्नको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गाउँपालिकाले आफ्नो सहयोग, गाउँपालिकाको विकास, शुसान, बालअधिकार, लगायतका क्षेत्रमा काम गरिरहेको बताए । त्यसै गरि बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गरी शिक्षाको पहुँचमा पु¥याउने, विद्यालयमा खानेपानी शौचालयका लगायत लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार बालबालिका क्षेत्रमा बालहिंसा, बालदुरव्यवहार,यौन हिंसा लगायतका घट्ना घटेको छ भने नजिकैको प्रहरी संग सम्र्पक राख आग्रह गर्नु भयो ।विद्यार्थीले उठाएका प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले, नेपाल सरकारले कानुनमा विभिन्न कानुनका संयन्त्र बनाएको बताउनुभयो । सहभागी बालबालिका तथा विद्यार्थीले शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको विषयमा राखेको जिज्ञाशा सहभागी अतिथीहरुले सम्वोधन गरे ।

प्रतिक्रिया दिनुहोस