गुनासो सुनावईमा जंगिदै खार्पुनाथपालिका–५का वडाअध्यक्ष भरतजङ शाही उल्टै भत्तामुखी पत्रकार भएको आरोप

फिल्को मिसन

जेठ २५,२०८२
हुम्ला । खार्पुनाथ गाउँपालिकाले आयोजना गरेको अर्धबार्षिक समीक्षा तथा गुनासो सुनुवाई कार्यक्रम वडा नं ५का वडा भरतजङ शाही उल्टै राजनितक दल,कर्मचारी,पुर्व जनप्रतिनिधि,र पत्रकारहरु लाई धम्कीपूर्ण अभिव्यक्ति गरेका छन् । पालिकाले गरेका गतिविधि लाई आम नागरिक सम्म सूचान पुराउनको लागि अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्याक्रम जिल्लाका पत्रकार लाई धम्कीपूर्ण भाषा बोलेका छन । आफैले आयोजना गरेको कार्यक्रममा वडा देखि पालिकका सम्म गुनासो तथा सुझाब लिनु पर्नेमा उल्टै पत्रकार,स्थानीय दलका नेता,पूर्व जनप्रतिनिधि र समुदाय लाई केहि नगरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बिष्णुुबहादुुर शाहीले गत बर्षको र यसवर्षको अर्धबार्षिक समिक्षा तथा सार्वजनिक सुुनुवाई कार्यक्रम पालिकामा भएगरेका गतिविधि प्रस्ततु गर्नुभयो । गाउँपालिका केन्द्रमा सार्वजनिक स्थानमा आयोजना भएको उक्त कार्यक्रममा हालसम्म गाउँपालिकाले तय गरेका कार्यक्रम अनुुसार भएको प्रगति बिवरणसमेत सार्वजनिक गरेको थियो । राजनिती दलहरुका नेताले कतै बाट बजेट ल्याएर देखाउ अनि गाउँपालिकामा राजनितिक गर्न गर दलहरु लाई आग्रह गरे । गाउँमा आएको विकास लाई दलका नेता तथा जनप्रिितनै उपभोक्ता समितिमा आफ्ना लाई राख्ने ब्यक्ति वादी राजनिति गरेको प्रस्ट पारे । कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको विभिन्न योजनाहरूको बारेमा विचार,सुझाव, सल्लाह दिनुका साथै प्रश्न समेत गरेका थिए । विशेष गरी स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका सुधारका लागि विभिन्न सुझाव र प्रतिक्रिया दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस