तिलगाउँका बाढी पीडितलाई राहत वितरण
जेठ १८,२०८२ आइतबार
हुम्ला । हिमाली शिक्षा विकास हेड नेपाल र किर्डाकले लिमीस्थित तिलगाउँका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
दुवै संस्थाले गएको जेठ १ गतेका दिनमा तिल गाउँनजिकै फुटेको हिमतालबाट आएको बाढी पहिरोले बस्तीमा क्षेती पुराएको प्रभावितहरुलाई राहत वितरण गरेको हो । बाढीबाट प्रभावित नाम्खा गाउँपालिका वडानं ६ लिमीस्थित तिलगाउँका बाढि पिडित घरधुरीलाई राहत वितरण गरिएको हिमाली शिक्षा र विकास हेड नेपालका कार्यकारी निर्देशक छितुप लामाले बताउनु भयो ।

हिमाली शिक्षा र विकास हेड नेपालका कार्यकारी निर्देशक छितुप लामा र किर्डाक नेपालका कार्यक्रम संयोजक जनक बुढको पहल र नाम्खा गाउँपालिका वाडनं ६का वडा अध्ययक्ष पाल्जोर तामाङको उपस्थितिमा दुवै संस्थाको तर्फबाट बढी घरधुरीलाई राहत सामग्रीहरुमा पौष्टिक खाद्य सामग्रीहरू,सरसफाइ र स्वच्छता किटहरू, समुदायमा स्वास्थ्य औषधी,दुईवटा पिठो पिस्ने घट्ट लगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणपछि फिल्कोमिशस डटकम लाई संक्षिप्त प्रतिक्रिया दिदैँ हेड नेपालका कार्यकारी निर्देशक लामाले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताउनुभयो । उहाँले विपद परेकाहरु घरपरिवार लाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए ।

यस अघि तिलका बाढिपिडित लाई नाम्खा गाउँपालिका,हुम्ला उद्योगवाणिज्य संघ,नेपाल रेडक्रस सोसाइटी हुम्ला, आधार विकास नेपाल र जिल्ला प्रशासन कार्यालय हुम्ला समन्वयमा प्रदेश तथा सघ लगायतको संघ संस्था लगायतका कार्यालयबाट राहत सामग्रीहरु वितरण गरेको छ ।
