रामजन रावतकोे अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ गठन
वैशाख १३,२०८२ शनिबार
हुम्ला । अखिल नेपाल खेलकुद महासंघ हुम्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका सचिव धर्मराज बोराह (विज्ञान) प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
हुम्लाको सिमकोटमा भएको भेलाले रावतको अध्यक्षतामा २७ सदस्यीय खेलकुद महासंघ गठन गरेको जिल्ला सचिव बोहराले घोषण गर्नुभयो । पहिलो जिल्ला अधिवेशनले सर्वसम्मत चयन गरेका पदाधिकारीमा रावत अध्यक्ष, खुमबहादुर रावल उपाध्यक्ष, डिलबहादुर फडेरा सचिव, ससचिब सुमन नेपाली, बिकास सार्की छन् । अध्यक्षमा चयन रावत हक्की संघ हुम्लाको अध्यक्षसमेत छन्।
नेकपा (माओवादी केन्द्र) भ्रातृ संगठन अखिल नेपाल खेलकुद महासंघ हुम्लाको अध्यक्षमा रामजन रावत चयन भएका छन्।