शिक्षक आन्दोलनमा माओवादी केन्द्र हुम्लाका संयोजक डा.दीपेन्द्र रोकायाको ऐक्यवद्धता

फिल्को मिसन

बैशाख ५,२०८२
हुम्ला । हुम्लाको सिमकोटमा संचालन गरेको शिक्षकहरुको आन्दोलन स्थलमै पुगेर माओवादी केन्द्र जिल्ला संयोजक डा दीपेन्द्र रोकाया ऐक्यवद्धता जनाएका छन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूको आन्दोलनप्रति डा रोकाया ऐक्यवद्धता जनाएका हुन् । देशभरका शिक्षकहरू आन्दोलन गरीरहेको समयमा हुम्लाको सदरमुकामा सिमकोटमा पनि जम्मा भएका शिक्षकहरुको विचमा आन्दोलनलाई थप आफुबाट सहयोग हुने बताए ।


यो दुईतिहाइ कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षकको पेशा र लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको डा रोकायाले आरोप लगाउनु भयो । शिक्षकहरूको मागबारेमा भने उदासीन र गैर–जिम्मेवार नलायकपनको सरकारले भएको बताए । शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकार आग्रह गर्नुभयो र्। शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस