प्रहरीसँग माफी माग्दै दुर्गा प्रसईंले भने म भागेको छैन्

चैत्र १७ ,२०८१
काठमाडांैं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले प्रहरीसँग माफी मागेका छन् । तीनकुने घटनापछि फरार रहेका प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् । उनले सुरक्षाकर्मीलाई लक्षित गर्दै तपाईंहरुप्रति कुनै दुष्मनी नभएको क्षमा मागेका छन् । उनले आफू प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे भएको समेत दाबी गरेका छन् । प्रसाईंले भने ,‘म सुरक्षित एक मन्दिरमा बसेको छुँ ,तर भागेको छैन ।’
उनले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । आफ्नो कानको छेवैबाट गोली गएको र मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ उनले भिडिओ सन्देशमा भनेका छन् । तीनकुनेको प्रदर्शनमा प्रसाईंले प्रहरीको घेरा तोड्दै गाडी अगाडि बढाएको भिडिओ देखिन्छ ।