माओवादी केन्द्रले ताँजाकोटमा मनायो ३० औं जनयुद्ध दिवस(फोटो फिचर)

कमीलाल ऐडी

फागुन १,२०८१
हुम्ला । माओवादीले सञ्चालन गरेको जनयुद्धको ३० औँ वार्षिकोत्सव हुम्लाको ताँजाकोटमा भव्यताका साथ मनाइएको छ । जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका माननिय तथा पूर्व जलश्रोत तथा उर्जा मन्त्री रनसिह परियार, ताँजकोट गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र कर्णाली प्रदेशका कर्णालीका सह सचिव लालकेश जैशी , पूर्व गाउँपालिका अध्यक्ष बागदल मल्ल लगायतको उपस्थितमा छपरेलालमा वृहद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइएको छ ।


कार्यक्रममा जनयुद्धकालीन दिनहरुको स्मरण गरिनुका साथै जनयुद्धको बलमा भएको परिवर्तनबारे चर्चा परिर्चचा गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका माननिय तथा पूर्व जलश्रोत तथा उर्जा मन्त्री रनसिह परियारले समाजवादी क्रान्तितर्फ लम्कने बेला आएको बताएका छन् । उनले जनयुद्धका उपलब्धिहरूलाई रक्षा गर्दै संस्थागत गर्ने र सहि का सपना पूरा गर्न समाजवादी क्रान्तिमा लाग्ने पार्टीले संकल्प गरेको बताए । तत्कालिन सामन्ती निरंकुश राजतन्त्रको विरुद्धमा जनयुद्ध मार्फत विद्रोह गरेको दिन,जनता आफैले अन्याय अत्याचार विरुद्ध लडेको जनयुद्ध महान दिन भएको खुसी व्यक्त गरे ।


कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सह सचिव तथा ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशीले जनयुद्ध कुनै पनि स्वार्थमा नभइ देश र जनताको मुक्तिका लागि गरिएको बलिदानीपूर्ण आन्दोलन भएको बताए।
जैशीले जनयुद्धलाई ‘नेपाली जनताको आन्दोलन’ भन्दै त्यसबाट प्राप्त उपलब्धिहरू बर्तमान देशमा चलिरहेको राजनीतिक र सरकार जसको भए पनि यो व्यवस्थाको प्रमुख हकदार माओवादी भएको दाबी गरे । उनले दश बर्षे जनयुद्ध र १९दिने जनआन्दोलन, अन्तरिम संविधान तथा संविधानसभाबाट जारी संविधानको जग जनयुद्धले तयार पारेको स्मरण गराउँदै अहिले स्थानीय तह संचालनमा आफु अध्यक्ष भइरहँदा ताँजाकोट गाउँपालिकाको सबै विकास भएको बताए ।


उनले विभिन्न षड्यन्त्रहरु एकदमै तिब्र गतिमा सल्बलाइरहेको हुनाले जनतालाइ यस्ता षड्यन्त्रबाट मुक्त गर्न र माओवादी केन्द्रका योजनाहरु संग जोड्न पार्टिले ताँजकोटमा तिब्ररुपमा कार्याक्रम संचालनको भुमिका निर्वाह गर्नु पर्ने बताए । उनले आशा जगाउन–उत्साही बनाउनका ेलागि माओवादी सत्तामा पुगेपछि विकास चरण विस्तार भएको बताए ।
त्यसैगरी नेकपा हुम्ला जिल्लाका सेक्रेटरी कुम्ब बुढाले वैज्ञानिक समाजवादी क्रान्ति ल्याउन अघि बढ्ने बेला आएको बताए । माओवादी केन्द्र कर्णाप्रदेशका सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष बागदल मल्ल, गोपाल बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै विभिन्न सांस्कृति कार्यक्रम समेत देखाइएको थियो । ताँजाकोट गाउँपालिकाको कार्यक्रममा हजारौँ जनसहभागिता रहेको बताइएको छ ।


त्यसै गरि सदरमुकाम सिमकोटमा पनि नेकपा माओवादी पार्टी कार्यालयमा ३० औँ जनयुद्ध दिवस मनाइएको छ ।माओवादी केन्द्र सिमकोट गाउँपालिकाका अध्यक्ष ताक्ला जिक्मेत लामा(मुस्कान)को अध्यक्षता जनयुद्ध दिवस मनाएको छ । दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै अहिलेको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा गरिएको छ । यसैगरी सर्केगाड गाउँपालिकाको–८को राहदेव गाउँमा समाजवादी मोर्चाको सयुक्त रुपमा जनयुद्ध दिवस भव्यकासाथ मनाएको छ। खार्पुनाथ गाउपालिकाको– ५ को दुर्पामा पनि चियापन कार्यक्रम र देउडा खेल खेलेर मनाइएको दुर्पाबाट खबर प्राप्त भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस