प्रचण्डको सम्बोधन:सरकारविरुद्ध आक्रोश,साना दललाई सान्त्वना

फिल्को मिसन

माघ २४,२०८१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्नुभयो ।
उनले सम्बोधनमा विशेष गरी कांग्रेस, एमाले र सरकारविरुद्ध आक्रोश पोख्र्नुभयो । प्रचण्डले सरकारका कार्यशैली प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नभयो । उनले संविधान संशोधनका विषयमा जथाभावि नबोल्न समेत सचेत गराए । यो सरकार माफिया र विचौलियाले बनाएको भन्दै प्रचण्डले चर्को कटाक्ष गरे ।
बिहीबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण रवि लामिछानेलाई हिरासतमा राखिएको तर कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले आफनै पार्टीको केन्द्रीय कार्यालय बनाएको आरोप लगाए । सत्ता गठबन्धनले संविधान संशोधन गरी थ्रेस होल्ड बढाएर आफ्नो अस्तित्व समाप्त पार्ने हो कि भन्ने चिन्ता बढिरहेको समयमा प्रचण्डले ती साना दललाई सान्त्वना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस